भर्खरै :

नेमकिपा मोरङको पुनःगठन

बिराटनगर, २९ भदौ । नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन भएको छ । शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट शालिग्राम राउतको संयोजकत्वमा तेस्रो मोरङ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साहले नेमकिपा भारत र मधेस विरोधी पार्टी होइन बरु मधेसको सामन्तवादी सोच, भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोधी पार्टी भएको बताउनुभयो ।
उहाँले मधेसवादी दलहरूले सिमा अतिक्रमण कहीँकतै नभएको भनेर भारतीय एकाधिकार पुँजी र विस्तारवादको दलाली र चाकडी गरिरहेको छ भन्नुभयो । समाजमा वर्ग रहेसम्म शेषित–पीडित र काम गरिखाने वर्गका लागि सङ्घर्ष गर्नुपर्ने साहले बताउनुभयो । भेलामा शालिग्राम राउत, रमेश सुवाल, प्रकाश गुरुङ, श्याम नेपालीलगायतले बोल्नुभएको थियो । भेलाले पुराना किसान कार्यकर्ता चुल्हाई माझीलाई नेमकिपा मोरङ्गको सल्लाकारमा चयन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *