भर्खरै :

श्वेत भैरवमा सदस्य भेला

भक्तपुर, ३० भदौ । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सोमबार सदस्य भेला कार्यक्रम भयो ।
भेलामा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पार्टीको निम्ति आफ्नो जीवनको महत्वपूर्ण समय व्यतित गर्ने अग्रजको भावनाअनुसार नयाँ पुस्ताले सक्रियता देखाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहकारी समाजका उपाध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीसम्बन्धी सङ्घीय ऐन र प्रदेश ऐन कतिपय बुँदा एकापसमा बाँझिएको कारणले सहकारीकर्मीहरुमा अन्यौल सृजना भएको र कतिपय ऐन, नियम सहकारीको भावना प्रतिकूल आएकोले विरोध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सहकारी आन्दोलनलाई राजनीतिक आन्दोलनसँगै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नपा वडा नं ८ का वडाध्यक्ष महेन्द्र खायमलीले समुदायमा आधारित सहकारी संस्थाले बहुमत सदस्यहरुको हितार्थ आर्थिक, राजनीतिक र सामाजिक गतिविधिमा जोड दिनुपर्ने आवश्यकता छ भन्नुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्णप्रसाद कोजू जितेन्द्र खायमली, मेनसन लाखेमरुलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *