भर्खरै :

एक पत्रकारको अनर्गल दुष्प्रचार

भक्तपुर क्यान्सर अस्पतालमा तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूले अनियमितता र भ्रष्टाचार गरी अस्पताल डुबाउन खोजेपछि अस्पताल जोगाउन भक्तपुर नगरपालिकाले चासो राखेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी र मजदुरहरूले व्यवस्थापन समितिका पदाधिकारीहरूको अनियमितता र स्वार्थी चर्तिकलादेखि वाक्कदिक्क भएर अस्पतालको व्यवस्थापनको जिम्मेवारी भनपाले लिइदिन अनुरोध गरेका थिए । सरोकारवाला स्थानीय जनताको माग पनि त्यही नै थियो । त्यसैअनुसार अस्पताललाई सुचारु राख्न भनपाले सरोकारवाला सबैको प्रतिनिधित्व हुने गरी अस्पताल व्यवस्थापन समिति गठन ग¥यो । अहिले अस्पतालले पहिलेभन्दा बढी व्यवस्थितरूपमा उपचार सेवा प्रदान गरिरहेको छ । यद्यपि सुधारका लागि गर्नुपर्ने काम धेरै बाँकी नै छन् तर विगतमा जस्तो अस्पतालका नाममा स्वार्थको रोटी सेकिरहेकाहरूको पसल भन्ने बन्द भएको छ ।
यसैबीच अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठका मित भनिएका भक्तपुरका एक पत्रकार फेसबुकमार्फत जनताको निर्णयलाई ‘कू’, ‘हमला’, ‘आक्रमण’, ‘चोरी’ आदि अपमानजनक शब्द प्रयोग गरेर सरापिरहेका भेटिन्छन् । सोही क्रममा उनले भक्तपुर क्यान्सर अस्पताल भवनमा अनाधिकार अस्पतालको नाममाथि राखिएको नेपाल अर्बुद निवारण संस्थाको नाम हटाएपछिको फोटो राखेर ‘भ्रष्टाचारीहरूले सुन भन्ठानेर स्टिलका लोगो र अक्षरसमेत उप्काउन भ्याएछन् त गाँठे १’ भनी पोस्ट गरेका छन् । उनले भ्रष्टाचारी भनेर कसलाई भन्न खोजेका हुन् ? अस्पतालको हरेक सेवामा ठेक्का दिएर कमिसन खानेहरू भ्रष्टाचारी कि अस्पतालमा सामान्य दरको मासिक तलबमा दिनरात खट्ने कर्मचारी भ्रष्टाचारी ? सुन हो वा स्टिल हामी राख्नेहरूलाई थाहा छ कि ती पैसा लिएर समाचार लेख्ने कथित पत्रकारलाई ?
हुन त ती पत्रकारलाई पूर्वअध्यक्ष श्रेष्ठ, होडा र केपी ताम्राकारलगायतका व्यक्तिहरूले मासिक र आवधिकरूपमा दुई–चार हजार रूपैयाँ फालेर पालिराखेको चर्चा भक्तपुरको पत्रकार जगतमा बेलाबेला हुनेगथ्र्यो । अहिले उनका क्रियाकलापले ती चर्चा वा हल्लालाई सही सावित गरिरहेको छ । त्यस्ता कथित पत्रकार र जनविरोधीहरूका तर्कविहीन अनर्गल प्रचारलाई कसैले पनि पत्याउनु हुन्न । भक्तपुर क्यान्सर अस्पतालले गरिरहेको सेवाबारे बुझ्न वा कुनै गुनासो भए सीधै अस्पताल प्रशासनमा आउन सक्नुहुन्छ । सबैलाई स्वागत छ तर भ्रष्टाचारी र तिनका मतियारहरूलाई प्रवेश निषेध छ ।
– अस्पतालका कर्मचारीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *