भर्खरै :

भक्तपुर नगरपालिका डोजोलाई कराते किक बक्सिङको उपाधि

भक्तपुर, ३० भदौ । दोस्रो उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुर नगरपालिका डोजोले उचालेको छ । विद्या आर्जन डोजोको आयोजनामा भएको कराते तथा किक बक्सिङ प्रतियोगितामा भक्तपुर नगरपालिका डोजोको ६ वटा स्वर्णसहित अग्रस्थानमा रहेको छ भने थिमी डोजो ३ स्वर्णसहित दोस्रो भएको छ । त्यस्तै भक्तपुर मेन डोजो ३ नै स्वर्णसहित तेस्रो भएको छ  ।
भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे सिन्धुपाल्चोक, सर्लाही, रामेछाप सिन्धुपाल्चोकलगायतका जिल्लाबाट खेलाडीहरू सहभागी रहेका थिए ।
खेलमा महिलातर्फ २० केजीदेखि ६० केजी र खुला र पुरुषतर्फ पनि २० केजीदेखि ६० केजीसम्म र खुलातर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो । यसका साथै खेलमा विद्यालयतर्फ भने उमेर समूहअन्तर्गतको उपाधी हिम शिखर स्कूलले उचालेको छ ।
छात्रातर्फ ७ वर्षदेखि १२ वर्षसम्म र छात्रतर्फको ६ वर्षदेखि १२ वर्ष सम्मका विद्यार्थीहरूबीच भएको खेलमा विद्यालयतर्फ टीम प्रथम हिमशिखर स्कूल भएको थियो भने टीम द्वितीय विद्या आर्जन स्कूल भएको थियो । यस्तै उक्त प्रतियोगितामा तृतीय भने समता शिक्षा निकेतन भएको थियो ।
उमेर समूहअन्तर्गत भएका खेलमा छात्रतर्फ ७ वर्षदेखि १२ सम्मका खेलाडी सहभागी रहेका थिए भने छात्रातर्फ भने ६ वर्षदेखि १२ वर्षसम्मका खेलाडी सहभागी रहेका थिए ।
यस्तै खेलमा महिला किक बक्सिङमा ४५ केजी र ५० केजी पुरुषमा ४५, ५० र ५५ केजी खेल खेलाइएको थियो । खेलमा ४१ वटा स्वर्ण पदकका लागि खेल भएको खेलका संयोजक सूर्य लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *