भर्खरै :

वागीश्वरीमा अभिमुखीकरण

भक्तपुर, १ असोज । वागीश्वरी मा.वि. मा सीटीईभीटीअन्तर्गत सञ्चालित टीइसीएस कार्यक्रम (सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा) अर्थात् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत बुधबार टीएसएलसी÷डिप्लोमा सिभिल इन्जिनियरिङ २०७६ का नवागन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम भयो । 
कार्यक्रममा वागीश्वरी मा. विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् पूर्वप्राचार्य मोहनप्रसाद प्रजापतिले वागीश्वरी मा. वि. लाई अझ सबल र विद्यार्थीहरूलाई सेवा प्रदान गर्न अघि सर्नुपर्ने बताउनुभयो । उहाँले वागीश्वरीमा टीइसीएस कार्यक्रम शिक्षालाई श्रम तथा रोजगारीसँग जोड्ने हेतुले अगाडि आएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपाल विकासोन्मुख देश भएकोले हरेक १ जना इन्जिनियरलाई ४ जना ओभरसियर चाहिनेमा अझै पूर्ति नभएको बताउनुभयो ।
विद्यालयका शिक्षक ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी मा.वि. का प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक दिनेश प्रधान र टीइसीएसका प्रशिक्षक प्रविन तजलेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *