भर्खरै :

ख्वप कलेजमा शिक्षक तथा प्राध्यापकहरूको भेला

भक्तपुर, २ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको पूर्वसन्ध्यामा ख्वप कलेजमा शिक्षक तथा प्राध्यापकहरूको भेला भएको छ । कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले नेमकिपाले अगाडि सारेको एक घर एक स्नातकको लक्ष्यबाट अब एक घर एक स्नातकोत्तरको स्थिति बनेको धारणा राख्नुभयो ।
उहाँले नेमकिपाको शैक्षिक आन्दोलनको कारण देशैभरका गरिब तथा मध्यमवर्गीय परिवारका छोराछोरीले उच्च शिक्षाको सपना साकार पारेको उदाहरण दिँदै राजनीतिकै कारण भक्तपुर शिक्षाको केन्द्र बन्ने दिशामा पुगेको विचार राख्नुभयो ।
नेप्रासका अध्यक्ष गोसाईले देशको सार्वभौमिकता रक्षाको आन्दोलनमा सबैको समर्थन हुनुपर्ने भन्दै नेमकिपाको असोज ३ गतेको प्रदर्शन मजदुर वर्गको सङ्गठित आवाज हुने विचार राख्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशीले नेमकिपाको चुनावी घोषणापत्रलाई लागू गर्ने क्रममा ख्वप मावि तथा कलेजको सुरुवात भएपछि भक्तपुरले शिक्षामा कोल्टे फेरेको विचार राख्नुभयो ।
ख्वप कलेजका सहप्राचार्य राजेशकुमार श्रेष्ठले बुद्धिजीवीले सत्य र न्यायको पक्षमा बोल्नु आवश्यक भएको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *