नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
–गोपाल नगरकोटी
नेपालमा कम्युनिष्ट पार्टीको आन्दोलन सफल पार्नु छ भने देशभरका सच्चा कम्युनिस्ट पार्टीहरु नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारअनुसार अघि नबढी सुखै छैन । दलको सिद्धान्त र विचार खोटो भयो भने दल जतिसुकै ठूलो र शक्तिशाली भए पनि कम्युनिस्ट आन्दोलन सफल हुनेछैन र देशमा सच्चा कम्युनिस्ट पार्टीहरुको शासन हुने छैन । नेमकिपा कामदार वर्गका जनताको प्रतिनिधित्व गर्ने दल हो । शोषित–पीडित जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टी हो । नेमकिपाले देश र जनताको सेवा गर्नेबाहेक अर्को कुनै स्वार्थ खोजेको छैन । नेमकिपा इमानदार नेता तथा कार्यकर्ताहरुको दल हो । इमानदारीपूर्वक काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढिरहेको नेमकिपाको सातौ महाधिवेशन भक्तपुरमा आज हुँदै छ ।
नेमकिपाको सातौँ महाविधेशनले देशी शत्रु र विदेशी शत्रुविरुद्ध लड्नुपर्छ भन्ने सन्देश छर्नेछ । देशभक्तिको भावना जगाएर देशको सार्वभौमिकता र स्वाधीनताको निम्ति लड्ने प्रेरणा दिनेछ । नेमकिपा जहिल्यै सिद्धान्त र विचारमा जोड दिन्छ । राजनीति दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न, पद र पैसाको लागि गर्ने होइन भन्ने मान्यता राख्छ नेमकिपा । यसरी देश र जनताको सेवा गरिरहेको नेमकिपाको राजनीति सबै दलको लागि अनुकरणीय छ । कति राजनीतिक विश्लेषकहरू देशको लागि नेमकिपाजस्तो दल आवश्यक भएको ठान्छन् । नेमकिपाजस्तो दलले मात्रै देशको सेवा गर्नसक्छ, देशको मुहार फेर्छ भन्ने उनीहरुको अभिमत हो ।
जनतामा कम्युनिस्टको प्रभाव बढी छ । जनता कम्युनिस्ट सिद्धान्त र विचारप्रति आस्था राख्छन् । भनिन्छ, देशमा कम्युनिस्टहरूको बहुमत छ । तर, दुर्भाग्यको कुरा, ती दलहरु सच्चा कम्युनिस्ट भएनन् । कम्युनिस्ट सिद्धान्त र विचारप्रति समर्पित भएनन् । फलतः कम्युनिस्ट भनिने सरकार पुँजीवादी भासमा फसिरह्यो । दलको नाउँमात्रै कम्युनिस्ट रह्यो, व्यवहारतः पुँजीवाद नै रह्यो ।
नेमकिपा वर्ग शत्रुबारे जनतामाझ उदाङ्ग्याउन र कम्युनिस्टको सिद्धान्त र विचार जनतामा पु¥याउन प्रतिबद्ध छ, लागिरहेको छ । नेमकिपा वर्ग शत्रुसामु झुक्दैन, लोभलालचमा फसेर सिद्धान्त र विचारमा लात मार्दैन । नेमकिपाको यस दिशालाई देशका सबै कम्युनिस्ट पार्टीहरुले आत्मसात गर्नुपर्छ । नेमकिपाको काँधमा वर्ग शत्रुविरुद्ध लड्नेमात्र होइन नक्कली कम्युनिस्टहरुको खोटो विचारबारे पनि जनताबीच उदाङ्ग्याउनुपर्ने जिम्मेवारी छ । यो जिम्मेवारीबोध गरेर नेमकिपा अघि बढ्ने छ, बढिरहेको छ । नेमकिपाको सातौँ महाधिवेशनमा भाग लिन आउने तमाम नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु यही सन्देश बोकेर जिल्ला जिल्लाको कुना–काप्चामा पुग्नेछन्, जनतालाई सचेत र सङ्गठित गर्नेछन् । यसले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन र सुदृढ बनाउन थप टेवा पु¥याउने छ ।
Leave a Reply