तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ५ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको बन्दसत्र आइतबार पनि जारी रह्यो । बन्दसत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा मन्तव्य राख्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मोदी फासीवादी सरकारले श्रीलङ्का, बङ्गलादेश, भुटान नेपाल आदि दक्षिण एसियाली देशहरूमा हस्तक्षेप बढाएको विचार राख्नुभयो ।
अध्यक्ष रोहितले इटालीका मुसोलिनी, जर्मनीका हिटलर र भारतका प्रधानमन्त्री मोदीको तुलना गर्दै मोदी फासीवादी भएको धारणा राख्नुभयो ।
उहाँले मुसोलिनी, हिटलर र मोदी युवावस्थामा मजदुर भए पनि तिनीहरू विचारले आक्रामक पुँजीवादी र तानाशाही भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष रोहितले हिन्दुस्तानका सबै नागरिक हिन्दू हुने मोदीले दावा गरेको उल्लेख गर्दै मोदीको “सबै हिन्दुस्तानी भारतीय राष्ट्रका अधीनमा रहनुपर्छ” भन्ने भनाइ राखेको बताउनुभयो ।
अध्यक्ष रोहितले भारतीय जनता पार्टीलाई सत्तामा ल्याउन कर्पाेरेट अथवा पुँजीपति वर्गले सहयोग गरेको भन्दै मोदीले मुसलमान, दलित र अरू धर्म तथा जातिमाथि दमनको नीति लिएको र जवाहरलाल नेहरू विश्वविद्यालयमा भाजपाले गरेको जातिवादी उपद्रवमा मोदी आफै साक्षी भएको उल्लेख गर्नुभयो ।
मोदीले नेपालको नयाँ संविधानको विरोधमा युरोपेली सङ्घ र बेलायतसँग समझदारी बनाएको उल्लेख गर्दै उहाँले संरा अमेरिकाले आणविक र जलसेना भारतीय जलक्षेत्रमा राख्न भारतसँग सम्झौता गरेको धारणा राख्नुभयो ।
बिजुक्छँेले मोदी सरकारले नेपालको तराईमा भारतीय मूलका जनतालाई भड्काई नेपालमाथि आर्थिक नाकाबन्दी गर्न सहयोग गरेको उल्लेख गर्दै चीनको पृथकतावादी दलाई लामा धर्म गुरूलाई तथाकथित प्रवास सरकारको गतिविधि गर्न दिएको र बढाइएको बताउनुभयो ।
अध्यक्ष रोहितले क्रान्तिविना परिवर्तन असम्भव भएको धारणा राख्दैे तराईमा किसान आन्दोलनको आवश्यकतामा जोड दिँदै पद र पैसाले पार्टी विस्तार हुने विचार गलत भएको टिप्पणी गर्नुभयो ।
उहाँले पार्टीको सिद्धान्त र विचार जनताको घर–आँगनमा पु¥याउन पत्रिका प्रकाशन नगरी नहुने बताउनुभयो ।
उहाँले कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन भ्रमात्मक र झूटको खेती गर्ने विरोधी भएको भन्दै नेताको इच्छाअनुसार होइन जनताको इच्छाअनुसार विचार व्यक्त गर्नुपर्ने बताउनुभयो । उहाँले धनी भएपछि गरिबको कुरा नगर्ने र गरिबले धनीको कुरा नगर्ने कुरा गलत भएको विचार राख्नुभयो ।
विधान संशोधन प्रस्ताव पारित
काठमाडौं, ५ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको आइतबार बसेको बन्दसत्रले विधान संशोधनसहित पारित गरेको छ । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । २०७० चैत २१–२४ मा सम्पन्न छैठौँ महाधिवेशनबाट पारित पार्टीको विधान संशोधन गर्नु अगाडि प्रतिनिधि तथा पर्यवेक्षकहरू विभिन्न १० वटा समूहमा विभाजित भई छलफल गर्नुभएको थियो ।
आइतबारै नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीको आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सोमबार बस्ने बन्दसत्रले आगामी कार्यक्रम पारित गर्नेछ ।
आइतबारको बैठकमा विभिन्न जिल्लाका पार्टी अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो ।
Leave a Reply