भर्खरै :

जयराम मिस्टर भक्तपुर र सनम पहिलो महिला एथ्लेटिक्स फिजिक्स

– केके मानन्धर
भक्तपुर, ५ असोज । भक्तपुरको मध्यपुर थिमिमा आयोजित ‘चौथो मिस्टर भक्तपुर २०७६’ र पहिलो महिला एथ्लेटिक्स फिजिक्सको उपाधि जयराम त्वायना र सनम मूलगुठीले जितेका छन् । ७० प्लस किलो तौल समूहबाट प्रतिस्पर्धा गरेका त्वायनाले ४३ जना प्रतियोगीहरूलाई उछिन्नेर मिस्टर भक्तपुरको उपाधि हात पारेका हुन् भने मूलगुठीले आठ जना महिलाहरूलाई पछाडि पारिन् ।
भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घले आयोजना गरेको प्रतियोगिता जित्ने त्वायनालाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमाण–पत्र, शिल्ड, मेडल तथा व्यानेट प्रदान गरे । त्यस्तै पहिलो महिला एथ्लेटिक्स फिजिक्सको दाबेदार मुलगुठीलाई नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले उपाधि प्रदान गरिन् ।
पाँच चरणमा आयोजित प्रतियोगिताको फाइनलमा ट्याग नम्बर ४७ का जयरामलाई मन्ध्यान्तरदेखि नै दर्शकदीर्घाबाट उतिकै हुटिङ गरिएको थियो । खचाखच भरिएको यचु पार्टी भेन्यूको हलमा प्रतापकाजी बरिया संयोजक रहेको ९ सदस्यीय निर्णायकहरूको टोलीले जयरामलाई ‘चौथो मिस्टर भक्तपुर २०७६’ को लागि सिफारिस गरिएको थियो ।
प्रतियोगितामा अमितकुमार मण्डल दोस्रो, रामचन्द्र तेस्रो, नितेश श्रेष्ठ चौथो र पाँचौमा विवेक अवाल घोषित भए । ५५ किलोदेखि ७० भन्दा माथि तौलका पाँच समुह बनाएर प्रत्येक समूहबाट एक–एक जनालाई उत्कृष्ट बडी बिल्डर छनोट गरिएको थियो ।
प्रतियोगिताको औपचारिक चरणलाई सम्बोधन गर्दै सङ्घका अध्यक्ष बाबुकाजी मानन्धरले भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घले यस अघि तीन पटकसम्म जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिसकेको बताए । २०५२ सालमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ नारा दिएर स्थापना गरिएको सङ्घले जिल्लाको खेलकुद विकासमा अनवरत काम गर्दै आएको उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्लाबाट अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका खेलाडीहरूलाई सम्मान गर्दै निर्णायकको लागि कोर्स पूरा गरेका तथा पदोन्नति गरेका खेलाडीलाई प्रमाण पत्र दिइएको थियो ।
अशोक घजुले संयोजन गरेको प्रतियोगितालाई सञ्चारकर्मी केके मानन्धर तथा ज्ञानेन्द्र मानन्धरले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *