नगर प्रमुख प्रजापतिसहितको टोलीलाई धनुषाको नगराइन नपा प्रमुख विनयकुमार यादवद्वारा स्वागत
- कार्तिक १९, २०८२
– राजु विश्वकर्मा
लहान, ९ असोज । घरको काममा सीमित रहँदै आउनुभएकी सिरहाको नवराजपुर–४ की सरिता कुमारी यादव यतिबेला गाउँ नजिकैको चोकमा जनरल स्टोर्स सञ्चालन गर्न थाल्नुभएको छ । गत साउन २५ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सरिता जनरल स्टोर्स दर्ता गराउनुभएकी सरिता यतिबेला असल गृहिणसँगै सफल व्यापारी पनि बन्ने अभियान हुनुहुन्छ । सुरुमा श्रीमान्लाई सञ्चालक बनाएर जनरल स्टोर्स दर्ता गराउने सोच उहाँको थियो । सरकारले दिएको छुट सुविधाका कारण आफ्नै नाममा व्यवसाय दर्ता गराएको उहाँले बताउनुभयो ।
कल्याणपुर नगरपालिका–७ की शोभा मण्डल पनि यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर कल्याणपुर बजारमा व्यवसाय चलाउँदै आउनुभएको छ ।
सरिता र शोभामात्रै होइन, सरकारले उद्योग र व्यवसाय दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि सिरहामा महिला व्यवसायीको सङ्ख्या बढ्दै गएको छ ।
कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको यस जिल्लामा विगत केही महिना यता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेर गएको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको रु. १ करोड पुँजी रहेको उद्योग व्यवसाय दर्तामा रु. २०० मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि सिरहामा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्र यादवले बताउनुभयो ।
Leave a Reply