भर्खरै :

लिंगो भाँचियो, दुई जना गम्भीर घाइते

भक्तपुरको बिस्का जात्रामा लिंगो भाँचिएको छ । परम्पराअनुसार आज साँझ भक्तपुर नपा वडा नं ५ योसिंख्योमा काठको लिंगो उठाउने क्रममा लिंगोको तल्लो भागमा अचानक भाँचिएको हो । लिंगो भाँचिएर कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरु अचेत अवस्थामा भएकाले पहिचान खुलेको छैन । उनीहरुलाई त्यहाँ तैनाथ एम्बुलेन्सले अस्पताल लगेको प्रत्यक्षदर्शी बलराम न्हिसुतूले जानकारी दिनुभयो । एक जना सामान्य घाइते भएको छ ।
लिंगो भाँचिए पछि विकल्पको रुपमा राखेको लिंगो उठाउने चलन छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *