ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर,३१ चैत । नयाँ वर्ष २०७४ को अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाण्डौ–जुम्ला सम्पर्क समितिको आयोजनामा बिहीबार अन्तरसम्पर्क समितिस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता शहीद स्मृति खेलमैदानमा भयो ।
प्रतियोगितामा काठमाण्डौ–जुम्ला सम्पर्क समितिले काठमाण्डौ–काभ्रे सम्पर्क समितिलाई पराजीत गरी विजेता हुन सफल भएको छ । प्रतियोगितामा जम्मा पाँच वटा सम्पर्क समितिहरु सहभागी थिए ।
बिहीबार नै विजेता तथा सहभागीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । विद्यार्थी खेलाडीहरुलाई पुरस्कृत गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले खेलकुद राजनीतिबाट टाढा हुन नसक्ने र खेलाडीहरु राजनीतिक रुपमा सचेत नबन्ने गुण्डाको रुपमा दुरुपयोग हुन सक्ने बताउनुभयो । उहाँले स्थानीय तहमा धेरै अधिकार दिइएकाले जनताले सचेत भई आफ्नो अधिकार प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले नयाँ वर्षलाई नयाँ संकल्प गरेर मनाउनु पर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष जगत अधिकारीको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा सुनिल काफ्ले र शारदा प्याकुरेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply