यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३१ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले बिहीबार नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिद्वारा प्रकाशित ‘किसान संघर्ष’ बुलेटिन एक समारोहबीच सार्वजनिकीकरण गर्नुभयो ।
समारोहमा सुवालले अराजक गतिविधिको समयमै विरोध गर्नुपर्नेमा जोड दिंदै सिद्धान्त र दर्शनको आधारमा सबै दल चुनावमा जुट्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको बन्दोबस्त भए स्थिर सरकार हुने विश्वास व्यक्त गर्दैै उहाँले मधेसी मोर्चाले एकपछि अर्को तराईका जिल्लाहरूलाई पहाडबाट अलग्ग गराउने षड्यन्त्र रचिरहेको बताउनुभयो ।
माओवादीले थालेको सशस्त्र ‘जनयुद्ध’ देखिनै नेपालमा भारतीय हस्तक्षेप बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले देशको राजनीति भारतीय शासक वर्गको पछि जानुमा ठूला दलहरू नै जिम्मेवार रहेको बताउनुभयो ।
उत्पादनका मुख्य–मुख्य साधन, स्रोत र सेवा सामाजिकीकरण भए जनताको जीवन सुनिश्चित हुने विचार राख्दै सांसद सुवालले सम्पत्तिको सीमाड्ढन र विदेशमा सम्पत्ति राख्न नपाउने बन्दोबस्त हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष रमेश थापा श्रेष्ठ, नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष गोविन्द दुवाल, नेक्राकिसङ्घका केन्द्रीय सदस्य वैद्यनाथ चौधरी, नेक्राकिसङ्घ काठमाडौंका गुणदास महर्जन, भक्तपुरका केशव तिमल्सिना, भक्तपुर नगरका गंगाराम ज्याख्व, सूर्यविनायक नपाका राजेन्द्र बखुन्छें, चाँगुनारायण नपाका सूर्यबहादुर फोजूले किसान सङ्घको योगदानबारे चर्चा गर्दै शुभकामना मन्तव्य दिनुभयो ।
कार्यक्रममा सङ्घका केन्द्रीय सचिव विकल प्रजापति र कोषाध्यक्ष हरिराम सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply