भर्खरै :

कैलालीमा अभिभावक भेटघाट कार्यक्रम

कैलाली, १७ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलाली–काठमाडौँ सम्पर्क समितिको आयोजनामा शुक्रबार लम्कीमा अभिभावक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाको सातौँ महाधिवेशनबारे जानकारी दिँदै नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले राजनीति गर्नुको मुख्य उद्देश्य देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो भन्नुभयो ।
इश्वर शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामी, गुप्तबहादुर शाही, नेक्राविसङ्घ कैलालीका तिलक सिजापति र अशोक शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *