‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १७ असोज । भक्तपुर नगरपालिका ४ वडा खेलकुद समितिको आयोजनामा शुक्रबार विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले युवा खेलाडीहरू खेलकुद र शारीरिक विकासमा मात्र सीमित हुन नहुने बरु आवश्यक पर्दा टोल, वडा र नगरको रक्षाका लागि स्वयम्सेवक दस्ताको रूपमा तयार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विपक्षीहरूले नेमकिपालाई जतिसुकै हेला होचो गर्न खोजे पनि देशको कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देश गर्दै नेमकिपाले विकास निर्माण र सम्पदा संरक्षण कार्य जोडतोडका गरिरहेकोे बताउनुभयो ।
अतिथि गोसाईले एकमनको एकता भएको नेमकिपाको सातौँ महाधिवेशन सभ्य भव्यरूपमा सफल भएको चर्चा गर्दै जनविरोधी र भ्रष्टाचारीहरूको लागि नेमकिपाले लिएको अडान सही सावित हुँदै आएको बताउनुभयो । हल्ला गरेर जनताको विश्वास जित्न नसकिने तर्क प्रस्तुत गर्दै उहाँले नेमकिपाले प्रदेश र सङ्घीय संसद्मा निभाउँदै आएको प्रखर प्रतिपक्षको भूमिकाले गर्दा देशको सार्वभौमिकता रक्षामा ठूलो टेवा पुगेको दाबी गर्नुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले शिक्षा र स्वास्थ्यमा भक्तपुरको प्रगतिबाट नेपालभरिकै जनतालाई प्रेरित गरेको उल्लेख गर्दै भनपाले पर्यटनमा उदाहरणीय कार्य गर्दै आइरहेको जानकारी गराउनुभयो ।
भनपा ४ वडाका वडाध्यक्ष कुमार चवालले खेलाडीहरू अनुशासित हुनुपर्ने बताउँदै भनपाले विकास निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउँदै आएको कारण धेरै कम लागतमा स्तरीय निर्माण कार्य भइरहेको विचार व्यक्त गर्नुभयो ।
हरिसुन्दर सुवालले युवाहरूले खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्ने र चाड पर्वको बेला रचनात्मक गतिविधि गर्नुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभयो ।
भनपा ४ नं वडा खेलकुद समितिको आयोजनामा भएको उक्त कार्यक्रममा भनपाका कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, जनप्रतिनिधि राजेन्द्र माक, आयोजक समितिका सचिव तुल्सीराम सुवाललगायतले दसैंको शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply