भर्खरै :

ताथलीमा शुभकामना कार्यक्रम

भक्तपुर, १७ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यमा शुक्रबार चाँगुनारायण नगरपालिका–९ मा धन्यवाद तथा शुभकामना कार्यक्रम भयो ।
कार्यक्रममा अतिथि गोसाईँले युवा पुस्ता प्राज्ञिक, वैचारिक र राजनीतिकरूपले सुदृढ हुनुपर्नेमा जोड दिँदै नेमकिपाका इमानदार अग्रज कार्यकर्ताहरूबाट प्रेरित भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, कमला गिरी र घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि गोसाईले नेमकिपाको सातौँ महाधिवेशन सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै ¥यालीमा सहभागी सांस्कृतिक टोलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *