भर्खरै :

रुपन्देहीमा महाधिवेशन सन्देश कार्यक्रम

भैरहवा, १८ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देश कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सिद्धार्थनगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने पार्टी सिद्धान्तको महत्वलाई सातौं महाधिवेशनले थप स्पष्ट पारेको बताउनुभयो । नेपाली समाजको प्रगतिको लागि प्रमुख बाधकको रुपमा भारतीय एकाधिकार पुँजी देखा परेको चर्चा गर्दै अध्यक्ष वासीले व्यापक जनतालाई सचेत र सङ्गठित बनाएर भारतीय एकाधिार पुँजी र त्यस्का दलालहरुविरुद्ध आन्दोलन उठाउनुपर्नेमा जोड दिनुभयो ।
पुँजीवादी व्यवस्थामा नाफा बढी पाउने उद्देश्यले वस्तुको उत्पादन गर्ने तर समाजवादी व्यवस्थामा समाजको हितको लागि वस्तुको उत्पादन गर्ने व्याख्या गर्दै अध्यक्ष वासीले कम्युनिस्ट सिद्धान्त विपरीत शोषकहरुको पक्षमा कानुन बनाउने शासक दलहरु कम्युनिस्ट हुन नसक्ने स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ रुपन्देहीका अध्यक्ष सुशीला पौडेलले सातौं महाधिवेशनमा सहभागी साथीहरु कामदार वर्गको पक्षमा सङ्घर्ष गर्न थप उत्साहित भएको अनुभव सुनाउनुभयो ।
नेक्राविसङ्घ सिद्धार्थनगरका अध्यक्ष कृष्ण पोखरेललगायत सहभागी विद्यार्थीहरुले सम्मेलनबाट थप प्रेरणा पाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *