भक्तपुर, १९ असोज । दसैँमा रचनात्मक उपयोग गर्ने क्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ५ वडा समितिको आयोजनामा दुईदिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा सङ्गठनबारे प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले राजनीतिलाई जनताको सेवा गर्ने माध्यमको रूपमा लिएको तर शासक दलहरूले गुन्डागर्दी, ठेक्कापट्टालाई राजनीतिको रूपमा बुझेको बताउनुभयो । सिकाइ निरन्तरको प्रक्रिया भएको चर्चा गर्दै उहाँले विद्यार्थीले हरेक विषयमा सक्रियता देखाउन जरुरी भएकोमा जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले माक्र्सवादी साहित्यको अध्ययनमा जोड दिंदै सिद्धान्तको अध्ययनले कार्यकर्तामा वैचारिक परिपक्वता आउने बताउनुभयो ।
कार्यक्रममा केपी छुस्याकी, मङ्गलेश्वर ध्वँजू, विमल भोयद्योलगायतले बोल्नुभएको थियो ।