भर्खरै :

डच वातावरणविद् भक्तपुरमा

भक्तपुर, १९ असोज । डच वातावरणविद् मारिट इभलोले गोर्खा इको प्यानलको कारखाना अवलोकन भ्रमण गरेका छन् । वातावरणीय सुरक्षा व्यवस्थापनका विषयमा अवलोकन गर्न उनी भक्तपुरस्थित गोर्खा इको प्यानलको कारखाना पुगेका हुन् ।
वातावरणीय प्रभावको बारेमा उनले गोर्खा इको प्यानल कारखानामा पुगेर अवलोकन गरेका थिए । इको प्यानल बनाउँदा वातावरणमा नकारात्मक प्रभाव नपरेकोमा उनले खुसी व्यक्त गरे । कारखानाभित्र हुने आन्तरिक प्रदूषणलाई व्यवस्थापन गरी वातावरण प्रदूषण हुनबाट जोगाउन वातावरण संरक्षण टीमको गठन भएको देखेर उनले खुसी साटेका थिए ।
नेपालको वातावरण प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै उनले यसको न्यूनीकरण यथाशक्य छिटो गर्नुपर्नेमा जोड दिए । उनले वातावरण प्रदूषण न्यूनीकरणका लागि विद्यालय शिक्षादेखि नै ध्यान दिनुपर्ने बताए । उनले स्कूलका बालबालिकालाई नै शिक्षित बनाउन सके भविष्यमा वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सकिने विश्वास लिए ।
गोर्खा इको प्यानलका वातावरणीय परामर्शदाता वातावरणविद् पूर्ण भैलले कारखानामा भइरहेको वातावरण प्रदूषण नियन्त्रणको लागि अवलम्बन गरेका उपायहरूबारे प्रस्तुति गरेका थिए । साथै वातावरण प्रदूषण नियन्त्रणका विविध विषयमा पनि उनले जानकारी गराएका थिए ।
गोर्खा इको प्यानल इको प्यानल उत्पादन गर्ने कम्पनी हो । इको प्यानल इँटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने निर्माण सामग्री हो । कारखानाले वातावरण प्रदूषण न्यूनीकरणमा विशेष ध्यान दिई कारखानाबाट निस्कने कुनै पनि खेर जाने सामान खोलामा नफाली वातावरण प्रदूषण नगरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *