भर्खरै :

कैलाली लम्कीचुहामा महाधिवेशन सन्देश कार्यक्रम

कैलाली, १९ असोज । नेपाल मजदुर किसान पार्टी लम्कीचुहा नगर समितिको आयोजनामा पार्टीको साताँैं महिाधिवेशनको सन्देश र समीक्षा एवम् दसैँको शुभकामना आदानप्रदान कार्यक्रम लम्कीचुहा नगरपालिका वडा नं ५ तिलकपुरमा सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले चाडपर्वलाई अन्धविश्वासी र अन्धभक्त भएर मनाउनुभन्दा भौतिकवादी दृष्टिकोणले विश्लेषण गरेर सुधारसहित मनाउनुपर्ने बताउनुभयो ।
उहाँले पार्टी विचारको एकताको समूह र दर्शनको विश्वविद्यालय भएकोले पार्टीभित्र दर्शन र सिद्धान्तबारे छलफल र सिकाइ हुनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य शाहीले जोगाउँदै जनतालाई थप सचेत र सङ्गठित बनाउन लाग्नुपर्छ भन्नुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले सातौँ महाधिवेशनमा जिल्लाबाट सहभागी बनेकाहरूले धेरै सैद्धान्तिक र व्यावहारिक कुरा सिकेर आएको बताउँदै त्यसलाई जिल्लाका गाउँगाउँ र वडा–वडामा पु¥याएर सङ्गठन विस्तार कार्यमा लाग्नुपर्छ भन्नुभयो । उहाँले जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा भइरहेका अनियमितता, भ्रष्टाचार, पक्षपात र घूसखोरीको जनतामाझ उदाङ्ग्याउनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य गुप्तबहादुर शाहीले मन्दिर धाएर र मूर्ति पूजा गरेरभन्दा कामदार वर्गको पक्षमा राजनीति गर्दा सबैलाई मुक्ति मिल्ने र फाइदा हुने बताउनुभयो ।
नेमकिपा लम्कीचुहा नगर समितिका अध्यक्ष लक्ष्मी पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा कैलाली जिल्ला समितिका सदस्य रामबहादुर दर्लामी, जानकी शाही, तारा तिरुवाले पनि पार्टीको सातौँ महाधिवेशनले कामदार वर्गका हितको निम्ति ठूलो टेवा पु¥याएको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ कैलाली जिल्ला समितिका सदस्य रत्नादेवी रावल, कृष्ण उपाध्याय र तिर्सना पुनले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *