भर्खरै :

किसान कार्यकर्ता याकामीको सम्झना

भक्तपुर, २२ असोज । किसान कार्यकर्ता शंखबहादुर याकामीको बुधबार श्रद्धाञ्जली सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले मानिसको भौतिक शरिर हाम्रासामु नभए पनि देश र जनताको निम्ति मानिसले गरेको योगदान सदा स्मरणमा रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, पुराना पुस्तालाई सम्मान गर्नु र नयाँ पुस्ताले शिक्षा प्राप्त गर्नु उपयुक्त हो । नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता शङ्खबहादुर याकामीको सम्मान र स्मरण यसैकारण गर्नुपरेको छ ।”
सिक्किम भारत विलय गराउने लेण्डुप दोर्जेको मृत्युमा कोही दुःख मनाउन गएनन् किनभने उनी देशद्रोही हुन्, सचिव सुवालले चर्चा गर्नुभयो ।
दिवङ्गत याकामी पार्टीका अग्रज कार्यकर्ता, टोलका सांस्कृतिक गुरू, दक्ष जनशक्ति (डकर्मी), शिक्षा प्रचारक र परिवारको राम्रो व्यवस्थापक भएकोले हामी उहाँको सम्मान गर्छौँ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “भारतले जम्मु–काश्मीरमाथि हस्तक्षेप ग¥यो । भारतले नेपाललाई पनि विशेष सम्बन्ध भएको निहुँ राखी हस्तक्षेप गर्ने सम्भावना बढ्दो छ । यसकारण नेमकिपाले नेपालको सुस्तामाथि आक्रमण गरेदेखि भारतीय विस्तारवादको विरोध गरेको हो । ५५ अर्ब रूपैयाँ अमेरिकी सहयोग प्राप्त गर्न नेपाल सरकारले अमेरिकी नेतृत्वको हिन्द–प्रशान्त सैन्य गठबन्धनको समर्थन गरेको हुँदा नेमकिपाले नेपाल सरकारलाई त्यस्तो सहयोग नलिन र सैन्य गठबन्धनमा नलाग्न सरकारलाई खबरदारी गर्दैछ ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले दिवङ्गत याकामीको योगदान र क्रान्तिकारी भावनाको चर्चा गर्दै क्रान्तिकारीहरूले शोकलाई शक्तिमा बदल्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले जनताको दुःखमा सधैँ सहयोगी भावनाले काम गर्ने शंखबहादुर याकामीले बाली काट्ने आन्दोलनदेखि भ्रष्टाचारविरूद्धको आन्दोलनमा निभाएको सक्रिय भूमिकाबाट हामीले सिक्नुपर्ने बताउनुभयो ।
नेमकिपा २ नं वडा समितिका अध्यक्ष रत्नकाजी नायोभारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेशप्रसाद सुवाल, गङ्गाप्रसाद याकामी र गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *