नरेश खत्री
सम्मेलनको तेस्रो सत्र
तेस्रो सत्रको विषय थियो – चीन र चिनियाँ कम्युनिस्ट पार्टीको अवस्था । वक्ता हुनुहुन्थ्यो – चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागका उपमहासचिव याओ चियनकुओ (Yao Jianguo ) । उहाँले चीनको परिचय, चिनियाँ कम्युनिस्ट पार्टीको सङ्घर्ष, १९ औँ महाधिवेशन, सी चिनफिङ र चिनियाँ विशेषताको समाजवाद, पार्टीको पूर्ण परिचालन र कडा अनुशासनबारे चिनियाँ कम्युनिस्ट पार्टीको नीति र व्यवहार र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्धबारे प्रस्तुति गर्नुभयो ।
चीन विश्वको सबैभन्दा धेरै १ अर्ब ३९ करोड जनसङ्ख्या भएको र विश्वको तेस्रो ठूलो ९६ लाख वर्ग किमि क्षेत्रफल भएको नेपालको उत्तरी छिमेकी देश हो । नेपालजस्तै चीन पनि धेरै जनजाति र धार्मिक स्वतन्त्रता भएको देश हो । चीन समाजवादी देश हो । चीनमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्व रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुदलीय सहकार्य र अन्य क्षेत्रीय दलहरूसँग राजनीतिक परामर्श, स्थानीय तहमा क्षेत्र विशेष जनजातिको स्वायत्तता र स्वशासनको आधारमा चीनको राजनीतिक प्रणाली निर्माण गरिएको छ । चीन विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र हो । २०१८ मा चीनको अर्थतन्त्र ६.६ प्रतिशतले वृद्धि भएर १३७ खर्ब पुगेको छ । यो विश्वको कुल अर्थतन्त्रको १५ प्रतिशत हो । चीनको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन ९७७० डलर पुग्यो । अतः चीन मध्यम हुँदै उच्च आय भएको देशमा पुग्दै छ । ५ हजार वर्ष लामो सभ्यता भएको चीन अझै पनि आफूलाई विकासशील देश ठान्छ र अझ कठिन र भारी विकास निर्माणसँग सामना गरिरहेको छ ।

पेइचिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको मुख्यालयमा सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूसँगको सामूहिक तस्वीर ।
१९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनायता निरन्तर सत्तामा रहेको छ । १०० वर्षको सङ्घर्षको इतिहासमा चिनियाँ कम्युनिस्ट पार्टीले तीन चरणको अनुभव सङ्गालेको छ – क्रान्ति, निर्माण र सुधार (Revolution, Construction and Reform) ।
१९२१–१९४९ क्रान्तिको अवधि थियो । सीपीसीले रक्तपातपूर्ण सङ्घर्षबाट चीनलाई स्वतन्त्रता र स्वाधीनताको नयाँ युगमा लग्यो । चीन एउटा समृद्ध देश थियो । १८४० को अफिम युद्धपछि आन्तरिक अराजकता र विदेशी आक्रमणले चीनको राष्ट्रिय शक्ति र क्षमतामा निकै ह्रास भएको थियो । चीनलाई जोगाउन चिनियाँ जनताले धेरै लडे । चीनले सामन्ती राजतन्त्रलाई फालेर गणतन्त्रको स्थापना ग¥यो । चीनले पश्चिमा प्रजातन्त्रको अनुभव पनि ग¥यो र असफल भयो । १०० वर्ष अगाडि महान् अक्टोबर क्रान्तिको प्रभावले चीनमा माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक आधारमा १९२१ जुलाईमा सीपीसीको स्थापना भयो । सीपीसीको नेतृत्वमा २८ वर्षको निरन्तर बलिदानी सङ्घर्षबाट १९४९ अक्टोबरमा समाजवादी व्यवस्थाको स्थापना भयो । चिनियाँ क्रान्तिमा ३७ लाख चिनियाँहरू सहिद भए ।
सन् १९४९–१९७८ क्रान्तिपछिको निर्माणको अवधि भयो । यो अवधिमा सीपीसीको नेतृत्वमा चिनियाँ जनताले समाजवादी प्रणाली बनाए, समाजवादी निर्माण अगाडि बढाए र इतिहासमै सबैभन्दा व्यापक सामाजिक रुपान्तरण सफलतापूर्वक सम्पन्न गरे । फलतः चीनमा औद्योगीकरणको प्रारम्भ भयो ।

सम्मेलनको तेस्रो सत्रमा चीन र चिनियाँकम्युनिस्ट पार्टीको अवस्थाबारे बोल्दै चिनियाँकम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागका उपमहासचिव याओ चियनकुओ ।
सन् १९७८ देखि हालसम्म चिनियाँ विशेषताको समाजवाद र आर्थिक वृद्धिको अवधि हो । चीन खुलापन, सुधार र समाजवादी आधुनिकीकरणको नयाँ युगमा प्रवेश ग¥यो । विगत ४० वर्षको अवधि २०१८ मा चीनले हासिल गरेको ९.५ प्रतिशतको आर्थिक वृद्धि र १३७ खर्ब कुल गार्हस्थ उत्पादन १९७८ को भन्दा ३८ गुनाले बढी छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय १९७८ मा जम्मा २०० डलर थियो भने २०१८ मा ४८ गुनाले बढेर ९७३२ डलर पुग्यो । चीनले ७० करोड जनतालाई गरिबीबाट मुक्त गरी विश्वको गरिबी निवारणमा ७० प्रतिशत योगदान ग¥यो । सीपीसीको नेतृत्वमा चीनले ठूलो रुपान्तरण गरेको छ ः चीन आफ्नो खुट्टामा उभेको छ, धनी भएको छ र बलियो हुँदै छ ।
सीपीसीले समाजवादको यात्रामा दुई शताब्दीको लक्ष्य तय गरेको छ । जसअनुसार सीपीसीको पहिलो सय वर्ष २०२० सम्म सम्पूर्णरूपले समृद्ध समाजको निर्माण सम्पन्न गर्ने र २०५० सम्म आधुनिक समाजवादी चीनको निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
ऋजष्लभकभ ऋजबचबअतभचष्कतष्अक ायच ब ल्भध भ्चब० मार्फत चीनको भविष्य निर्माण गर्ने सीपीसीमा ९ करोड ५ लाख ९० हजार सदस्य छन् र ४६ लाख १० हजार प्रारम्भिक पार्टी सङ्गठन परिचालित छन् । २०१२ मा १८ औँ महाधिवेशनबाट का. सी चिनफिङ सीपीसीको महासचिवमा निर्वाचित भए । २०१७ मा १९ औँ महाधिवेशनबाट का. सी चिनफिङ को नेतृत्व पुनः निर्वाचित भयो । सी चिनफिङ विचारधाराअनुसार सीपीसीको विधानमा ‘नयाँ युगको लागि चिनियाँ विशेषताको समाजवाद’ (Socialism with Chinese Characteristics for a New Era) लक्ष्य उल्लेख गरिएको छ ।
सी चिनफिङ विचारधाराबारे
नयाँ युगको लागि चिनियाँ विशेषताको समाजवादका सम्बन्धमा सी चिनफिङ विचारधाराले कुन प्रकारको समाजवाद लागू गर्ने कसरी विकास गर्ने र चीनलाई कसरी समाजवादको बाटोमा दोहो¥याउने विषयमा सैद्धान्तिक र व्यवहारिक मार्गदर्शन दिएको छ, चीनमा पुनरूत्थान र कायापलट भएको छ ।
सी चिनफिङ विचारधाराको विशेषतामा पहिलो, चिनियाँ विशेषताको समाजवादको उत्थान र विकासको अनुभवको सार हो । समाजवादको आधुनिकीकरण गरी चीनको राष्ट्रिय पुनर्जागरण गर्नु र समृद्ध, बलियो, प्रजातान्त्रिक, सुसंस्कृत, सुमधुर, सुन्दर र हरेक कोणबाट आधुनिक समाजको निर्माण गर्नु सी चिनफिङ विचारधाराको लक्ष्य हो ।
दोस्रो, जनतालाई केन्द्रमा राखेर देशको विकास गर्ने दर्शन हो । जनताको राम्रो जीवन जिउने आकाङ्क्षा नै पार्टीको सङ्घर्षको उद्देश्य हो ।
तेस्रो, खुलापन र सुधारको नीति हो । चीनले बीआरआई परियोजनालाई सक्रियतापूर्वक अगाडि बढाई अन्तर्राष्ट्रिय सहकार्यका नयाँ मञ्चहरू पनि बनाउँदै छ । विचारधारा शान्तिपूर्ण विकास निर्माणमा जोड हो । चीनले आपसी सम्मान, न्याय, निष्पक्ष र जीत–जीत (वीन–वीन) सहकार्यको आधारमा नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गरी विश्वका मानव जातिको हितका लागि साझा भविष्यको समुदाय विकास गर्नेछ । बीआरआई परियोजना चीनले अगाडि बढाएको संसारका मानिसको संयुक्त साझा भविष्यको समुदाय हो ।
चौँथो, सम्पूर्ण कार्य सम्पादनमा पार्टीको नेतृत्व सुनिश्चित गर्नु हो ।
माओ त्सेतुङ विचारधाराको मार्गनिर्देशनमा चिनियाँ क्रान्ति सफल भयो, चीन स्वतन्त्र भयो र चीन पुनःजागरण र पुनः निर्माणको बाटोमा लाग्यो । तङ सियाओफिङको सिद्धान्तअनुसार चीनले सुधार र खुलापनको बाटो लियो, माओ त्सेतुङको पुनःजागरण र पुनःनिर्माणलाई अगाडि बढाउनुका साथै समृद्धि र विकास निर्माणमा जोड दियो । सी चिनफिङ विचारधाराले नयाँ युगको लागि चिनियाँ विशेषताको समाजबाद अगाडि बढाएको छ । यसले सीपीसीको दोस्रो शताब्दी लक्ष्य हासिल गरी आधुनिक समाजवादी देश चीनको निर्माण गर्नेछ र सुख समृद्धिका सबै मापदण्ड पूरा गर्ने चिनियाँ सपना साकार पार्नेछ ।
बलियो पार्टी सङ्गठन निर्माणबारे
सीपीसी विश्वको सबैभन्दा ठूलो पार्टी हो । सीपीसी कम्युनिस्ट पार्टी हो । सीपीसी एउटा माक्र्सवादी पार्टी हो ।
पहिलो, राजनीतिक कामलाई उच्च प्राथमिकतामा राख्नुपर्छ र सिङ्गो पार्टी सैद्धान्तिक र कार्यगत दुवै अर्थमा केन्द्रीय नेतृत्वसँग एकाकार भएर अगाडि बढ्नुपर्छ ।
दोस्रो, पार्टीको सैद्धान्तिक काम, अनुशासनका नियमन र सङ्गठन निर्माणलाई सँगसँगै अगाडि बढाउनुपर्छ । सिङ्गो पार्टीलाई सी चिनफिङ विचारधारासँग एकाकार गर्नुपर्छ । अनुशासनलाई ठूलो महत्व दिनुपर्छ, पार्टीको अनुशासन देशको कानुनभन्दा कडा हुनुपर्छ ।
तेस्रो, प्रारम्भिक तहको पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्छ , तालिम दिनुपर्छ र पार्टीको जग बलियो बनाउनुपर्छ । पार्टी सदस्यहरूको सङ्ख्या र सदस्यहरूको स्तरलाई पार्टीले ध्यान दिनुपर्छ ।
चौथो, पार्टी परिचालनको लागि अझ मेहनत गर्नुपर्छ, स्वच्छ सरकारको निर्माण गर्नुपर्छ र भ्रष्टाचारविरुद्ध लड्नुपर्छ । पार्टी परिचालनको अर्थ पार्टी र जनताबीचको सम्बन्ध हो । सत्ताधारी पार्टीको लागि ‘जनतासँग सम्बन्ध विच्छेद’ र ‘भ्रष्टाचार’ दुईवटा महत्वपूर्ण चुनौतीहरू हुन् ।
In fighting corruption, we should take out tigers and swat flies, which means both the high and low-ranking officials who have benefited from graft.
पार्टीको १८ औँ महाधिवेशनसम्म ४४० जना उपमन्त्रीस्तरका अधिकारीहरूलाई पार्टीले छानबिन गरी भ्रष्टाचारको मुद्दा चलाएको छ, १३ लाख पार्टी सदस्यहरूलाई कारबाही गरेको छ । १९ औँ महाधिवेशनसम्ममा ४० जनाभन्दा बढी उपमन्त्रीस्तरका अधिकारीहरूलाई पार्टीले छानबिन गरी भ्रष्टाचारको मुद्दा चलाइएको छ ।
पार्टीका पोलिटव्युरो स्थायी समिति सदस्य चउ योङखाङलाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको छ ।
सीपीसीको अन्तर्राष्ट्रिय सहकार्य र आदानप्रदानबारे
सीपीसीले विश्वका सम्पूर्ण देशहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिएको छ । १६० देशका चार सत्न्दा बढी राजनीतिक पार्टी र राजनीतिक सङ्गठनहरूसँग सीपीसीले स्वतन्त्रता, समानता, आपसी सम्मान र विनाहस्तक्षेपको आधारमा निरन्तर सम्बन्ध कायम राखेको छ ।
२०१७ मा पेइचिङमा भएको १२० देशका ३०० राजनीतिक पार्टीहरूको सम्मेलनमा सी चिनफिङले सम्बोधन गुर्नभएको थियो – सीपीसी चिनियाँ जनताको सुख र समृद्धि र मानव हितको लागि प्रयासरत छ । सीपीसी विश्व शान्ति, सौहार्दता, साझा विकास निर्माण, आपसी सांस्कृतिक आदानप्रदानमा प्रतिबद्ध छ । चीनले कहिले प्रभुत्ववाद र विस्तारवादको समर्थन गर्दैन । चीनले न कुनै राजनीतिक प्रणाली आयात गर्छ न चिनियाँ प्रणाली निर्यात गर्छ । चीनले कुनै पनि देशलाई चीनको बाटो पछ्याउन हस्तक्षेप गरेको छैन ।
यसरी सम्मेलनको पहिलो चरण समाप्त भयो ।
दोस्रो चरणको कार्यशाला गोष्ठीमा सीपीसी अन्तर्राष्ट्रिय विभाग एसियाली व्युरो प्रथमका प्रमुख सुन हाइयानले चीनविरुद्ध अमेरिकी व्यापार युद्ध, चीनको सपना– एक क्षेत्र र एक मार्ग, एसिया प्रशान्त क्षेत्रको भूराजनीति र चीनको अवस्थाबारे जोशिलो मन्तव्य दिनुभयो । सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको तार्किक जवाफ उहाँले दिनुभयो । हामीले हाम्रा पार्टी प्रकाशनहरू चिनियाँ सपना, चीनविरुद्ध अमेरिकी व्यापार युद्ध, सोलिडारिटीका पछिल्ला अङ्कहरूमा प्रकाशित हाम्रो पार्टीको विचारबारे सङ्क्षेपमा जानकारी दिई उहाँलाई प्रकाशनहरू उपहार दियौँ । उहाँले मन्तव्य दिनुभएको चीनको विषयमा नेपाली भाषामा हाम्रो प्रकाशन देखेर उहाँ अचम्म मान्नुभएको हामीलाई लाग्यो र नियमितरूपमा हाम्रो प्रकाशनहरू पठाउन आग्रह गर्नुभयो ।
त्यसपछि विकेन्द्रिकृतरूपमा प्रत्येक देशका प्रतिनिधिहरू र चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभाग (आइडीसीपीसी) का सम्बन्धित देशका जिम्मेवार कामरेडहरू सम्मिलित भएको कार्यशालामा हरेक देशमा गरिबी निवारण कार्यक्रमहरूका अमूल्य अनुभव, चुनौतीहरू र प्रभावकारिताबारे विचारमन्थन भयो ।

नेपाल मजदुर किसान पार्टीको तर्फबाट चिनियाँकम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग नेपाल मामला प्रतिनिधि यो यालाई उपहार प्रदान गरिंदै नेमकिपाको प्रतिनिधिमण्डल
कार्यशालामा नेपालबाट सहभागी ५ जना र आइडीसीपीसीका नेपाल प्रमुख ‘राम’ र ‘सरला’ सहभागी थिए । सो कार्यशालामा गरिबी निवारण र ग्रामीण विकासको मात्र छलफल नभई विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक विषयका छलफल भयो, नेपाल–
चीन सम्बन्ध, नेपाल–भारत सम्बन्ध, चीन–भारत सम्बन्ध, भुटानको विषयमा र जल्दोबल्दो काश्मीर मुद्दाबारे छलफल भयो । नेपाल मजदुर किसान पार्टीको तर्फबाट सहभागी हामीले नेपालमा गरिबी निवारणबारे पार्टीको धारणा राख्यौँ । नेपालमा बहुमत मजदुर र किसानहरू गरिब छन् र मजदुर किसानको सत्ता समाजवाद नआएसम्म गरिबी निवारण हुन नसक्ने धारणा राख्यौँ । मजदुर किसानको शासन सत्ता स्थापनार्थ नेमकिपाले आफ्ना वर्गीय र पेशागत सङ्गठनहरू परिचालित भइरहेको, नेमकिपाको घोषणापत्रअनुसार निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय तहमार्फत विद्यालय,कलेज र स्वास्थ्य केन्द्र सञ्चालन गरी गरिबहरूको सेवा गरिहरेको, रोजगारमूलक तालिमहरू सञ्चालन गरिरहेको, संसद्मा नेमकिपाका प्रतिनिधिहरूले गरिबहरूको हितमा कानुन बनाउन सङ्घर्ष गरिरहेको, दुर्गम ग्रामीण भेगहरू दैलेख, जुम्ला र कालीकोटमा निर्वाचित नेमकिपाका प्रतिनिधिहरूले भ्रष्टाचारविरुद्ध सङ्घर्ष गरिरहेको र नेमकिपाका कार्यकर्ताहरूद्वारा सञ्चालित सहकारी संस्थाहरूमार्फत गरिबहरूलाई व्यवसाय गर्न सहयोग गरिरहेको जानकारी प्रस्तुत ग¥यौँ ।
नेपालको गरिबी निवारण र विकासको चुनौतीबारे भएको छलफलमा हामीले प्रस्ट भाषामा भन्यौँ, नेपालको लागि मुख्य चुनौति भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजी नै हो ।
जम्मु काश्मीरमा भारतीय विस्तारवादको हस्तक्षेपबारे भएको छलफलमा हामीले जम्मु काश्मीरको समस्या आजको समस्या होइन, यसलाई चीन, भारत र पाकिस्तानले एउटै टेबुलमा बसेर वार्ता र छलफलबाट समाधान गर्नुपर्ने धारणा राख्यौँ । हामीले नेपालमा पार्टीसँग सम्पर्क गरेर पार्टीको आधिकारिक धारणा सोध्यौँ र पार्टीबाट प्राप्त प्रेस विज्ञप्ति चिनियाँ कामरेडहरूलाई दियौँ । अलग झन्डा र फरक संविधान भएको जम्मु काश्मीर भारतको अङ्ग हुनसक्दैन, नेपालको ७१ भन्दा बढी स्थानमा ६० हजार हेक्टरभन्दा बढी भू–भाग भारतीय विस्तारवादले अतिक्रमण गरेको विषयमा पनि हाम्रो पार्टीले विरोध गरिरहेको बतायौँ । नेपाल सरकारले प्रतिवाद नगरेको विषयमा चिनियाँ कामरेडहरूले प्रश्न गरे – हामीले २००७ देखि नै नेपालको राजनीतिमा प्रत्यक्ष भारतीय विस्तारवादको हस्तक्षेप भएको र अहिले भारतीय हस्तक्षेप दिनानुदिन बढ्दै गएको र १० वर्षे ‘माओवादी जनयुद्ध’ भारतले नै गराएको र प्रचण्ड बाबुराम भारतीय दलाल र भारतले तयार गरेको ट्रोजन हर्स भएको प्रस्ट्यायौँ । ट्रोजन हर्सको विषयमा अझ प्रस्ट पार्न चिनियाँ कामरेड आग्रह गरे । “ग्रीकहरूले बनाएको काठको ठूलो घोडा, ट्रोजन हर्स र ट्रोजन हर्सभित्र लुकेका ग्रीक सेनाले राती ट्रोय राज्य कब्जा गरेको” इतिहास सुनाएर माओवादी पार्टी भारतको ट्रजन हर्स भएको बतायौँ । सीपीसी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख र नेपाल विभागका कामरेडहरू नेपाली भाषा जान्ने भएकाले हामीलाई छलफल गर्न सहज भयो ।
सम्मेलनको पहिलो चरण अगस्त ६ र ७ तारिखमा पेइचिङमा तीन सत्रमा विभक्त सेमिनारको प्रत्येक सत्रमा प्रस्तुतीकरण, प्रश्नोत्तर र छलफल एवम् दोस्रो चरण सातवटा सहभागी देशको विकेन्द्रिकृत कार्यशाला गोष्ठीपछि अगस्त ८ बाट तेस्रो चरणको अध्ययन भ्रमण सुरु भयो । अगस्त ८ मा चीनको ग्रेट वाल र पेइचिङ सहर भ्रमण ग¥यौँ । पेइचिङ चीनको राजनीतिक केन्द्र हो । विकासको एक अनुपम नमुनाको रूपमा पेइचिङ सहर अध्ययन अवलोकन गरेर अगस्त ९ मा हामी क्वाङतोङ प्रदेशमा गयौँ ।
Leave a Reply