भर्खरै :

ब्रह्मायणी जाने बाटोमा सरसफाइमा ध्यान खोइ ?

– सन्देश श्रेष्ठ, भक्तपुर
जात्रा सुरु हुनु अघिल्लो दिन स्थानीय युवाहरूले ब्रह्मायणीको स्थल सरसफाइ गर्नु राम्रो हो । यसले निरन्तरता पाउने आशा गर्दछु । यसअघि, खोलामा टेक्न जुत्ता खोल्नुपर्ने धेरैलाई समस्या थियो । अब यो समस्या हटेको छ । इच्छा हुने खोलामा गएको देख्न सकिन्छ । सडकको छेउछाउमा कपडा, खानेकुराहरू प्रशस्त मात्रा बेचिराखेको देखिन्थ्यो । केहीँ खेलहरू पनि देख्न सकिन्छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुरले पुस्तक बिक्री वितरणको स्थल राख्दै आएको छ जुन राम्र्रो हो । चाडवाडमा अध्ययन र छलफलको संस्कृतिको विकास गर्न थोरै भएपनि योगदान गरेको लाग्यो । आउँदो असोज २३ र २४ गते नःपुखुमा हुने तःमुंज्या कार्यक्रमको प्रचार–प्रसार र आर्थिक सङ्कलन गरिरहेको स्थल पनि देखियो ।
स्काउटको टोलीमा झन्डै ६० जना रहेछन् । ख्वप्रिङ, निओ फ्युजन, बाल विकास, एडभेन्चर नेपाल, युनिक, ईजी र पायनियर गरी जम्मा छ वटा समूहको संयुक्त प्रयासमा स्वयमसेवकको काम भएको रहेछ । मन्दिर आउनेहरूको भीड व्यवस्थापन गर्ने, लाइनमा राख्ने, समस्यामा परेकालाई सहयोग गर्ने, गाडी र बाइक व्यवस्थापन गर्नेलगायतका जिम्मेवारीहरू राम्रोसँग निभाएको देखिन्छ । उनीहरू धन्यवादका पात्र हुन् । यसकारण पनि जात्रा अनुशासित र रमाइलो भएको आभाष भयो ।
विजया दशमीको दिन, ब्रह्मायणीमा जात्रा व्यवस्थापनमा केही समाधानयोग्य समस्या भने देखियो ।
मानिस हिँड्ने सडकमा बाइक, बस र साना गाडीहरूको भीड त्यतिकै थियो । मन्दिर जाने यात्रु निस्फिक्री भएर हिँड्न पाएनन् । यातायातका साधन धेरै गुड्नाले आमाबुबालाई बालबच्चाको स्याहार गर्नै धौधौ परेको देखियो । धुलो र धुँवा थपिने त स्वाभाविक नै भयो । परम्परागत संस्कृति र भेषभूषामा आएका यात्रुहरु गाडीले असहज बनाएको धेरैले महसुस गरे । लिबाली र कमलविनायकको प्लानिङको भेग भएकोले वैकल्पिक मार्ग प्रशस्त थियो । केही वर्षअगाडि प्रगति पुस्तकालयलगायतले गाडी व्यवस्थापन गरेको धेरैलाई याद छ ।
च्याह्मासिंहदेखि ब्रह्मायणी सडक खण्डमा धुलोले दुःख दियो । सडकको छेउछाउमा निर्माण सामग्रीहरूको थुप्रोले धुलो बढायो । तर पहिलेभन्दा सुधार नभएको होइन । सडक विभागलगायतका सम्बन्धित निकायले कमसेकम महत्वपूर्ण दिनमा सरसफाइ गर्नुपथ्र्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *