खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
– गौरव प्रधान
विश्व सर्वहारा वर्गका नेता लेनिनले भनेका थिए, “हाम्रो कला र साहित्यले लाखौँ लाख श्रमजीवी जनताको सेवा गर्नुपर्छ ।” यसरी श्रमजीवी जनताको सेवा गर्ने एउटा दबु बनेको छ, नेपालभाषा साहित्य तःमुंज्या । नेपालभाषा साहित्य तःमुंज्या जनतामाझ स्थापित र परिचित दबु हो । तःमुंज्या विभिन्न जिल्लाका जनताको जनबोलीमा मात्र होइन देशका विभिन्न राजनीतिज्ञ, नेता, संविधानविद्, जलस्रोतविद्, शिक्षाविद्, संस्कृतिविद्, भाषाविद्, इन्जिनियर, चिकित्सक, कवि, कथाकार, कलाकारहरूमाझ पनि त्यतिकै परिचित र लोकप्रिय दबु भइसकेको छ ।
तःमुंज्यामा दर्जनौँ साहित्यकारहरूले कविता, कथा र निबन्ध वाचन गरे । दर्जनौँ गायक, कलाकार वाद्यवादकहरूले भाग लिए । त्यसरी नै दर्जनौँ विज्ञहरूले आ–आफ्नो अनुभवमात्र होइन देश विदेशका समसामयिक विषयबारे जानकारी दिए । देशको संविधान, कानुन, जलस्रोत, संस्कृति, शिक्षा व्यवस्था, सरकारको कमी कमजोरी, सीमा अतिक्रमण, नेपाली भूमि डुबानमा पर्ने गरी बनाइएको तटबन्ध तथा बाँध, भारतीय एकाधिकार पुँजी आदिबारे तःमुंज्याबाट थाहा हुने अवसर मिल्यो । मृगौला, मुटु रोग, डेँगु, मधुमेहलगायतका अनेक रोगको कारण, लक्षण र समाधानका उपायबारे थाहा भयो । नेपाली समाजमा चलिरहेको संस्कृति, संस्कृतिभित्र रहेको विज्ञानसम्मत कुरा विभिन्न वक्ता र साहित्यकारहरूको साहित्यमार्फत जनता सुसूचित भए । युवाहरूको विदेश पलायन, लहैलहैमा विदेशमा लागेर पाइने दुःख, वेदनाका कुराहरू पनि तःमुंज्याबाट थाहा भयो ।
यसरी तःमुंज्याले जनतालाई धेरै ज्ञान प्रदान गरिरहेको छ । अतः नेपालभाषा साहित्य तःमुंज्या बहुज्ञान दिने एक लोकप्रिय या जनताको विश्वासिलो दबु बनेको छ । तःमुंज्या श्रमजीवी जनताको सेवा गर्ने दबु हो । जसरी लडाइँमा होमिएका सिपाहींहरू लडाइँको मैदानबाट अलगिँदैन त्यसरी नै श्रमजीवी वर्गको हितमा साहित्य लेख्ने साहित्यकार र बोल्ने राजनीतिज्ञहरू वर्गीय समाजबाट अलग्ग रहन सक्दैनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, “साहित्य उच्च वर्गको सोँखको विषय हुनसक्दैन ।” तःमुंज्या साँच्चै बृहत् साहित्य सम्मेलन बनेको छ । यसरी यावत कुरा थाहा पाउने भएरै तःमुंज्यामा सहभागी सङ्ख्या पनि बृहत् नै बनेको छ । अहिले त विभिन्न जिल्लाका मानिसहरू पनि तःमुंज्या हेर्न नगई नहुने ठान्छन् र सहभागी हुन्छन् । यसरी तःमुंज्या जनताको लोकप्रिय र बहुज्ञान आर्जन गर्ने थलो बनेको छ ।
Leave a Reply