दैलेख । नेमकिपा आठविस नगरपालिका वडा नं ९ दैलेखको आयोजनामा असोज २२ गते नेमकिपा समर्थकहरूको भेला भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति सदस्य लालबहादुर सिजापतिले पार्टी सदस्य तथा जनवर्गीय सङ्गठनका सदस्यहरूले पार्टी तथा सङ्गठनका प्रकाशनहरूको अध्ययन गर्नुपर्ने विचार राख्नुभयो ।
नेमकिपा दैलखका जिल्ला सदस्य एवम् आठविस नपा वडा नं ९ का वडाध्यक्ष धनबहादुर सिजापतिले चाडपर्व मनाउँदा वैज्ञानिकता हेर्नुपर्ने विचार राख्नुभयो । अर्का जिल्ला सदस्य खड्कबहादुर कठायतले पश्चिमा छाडा संस्कृति भित्र्याउन नहुने बताउनुभयो ।
नेक्राशिसङ्घ, दैलेख जिल्ला सदस्य दिलिप बडुवालले क्रान्तिकारी संस्कारको आवश्यकता रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा टेकबहादुर सिजापति, कटक बडुवाल, भरत सिजापति, लोमनकुमार बडुवाल, मानबहादुर सिजापतिलगायतले मन्तव्य राख्नुभएको थियो ।
आयोजक समितिका उपाध्यक्ष विष्णुबहादुर कठायतको सभापतित्वमा भएको कार्यक्रममा नेक्राविसङ्घका नवीनकुमार कठायतले पनि बोल्नुभएको थियो ।