भर्खरै :

देशको क्षेत्रफल संविधानमा लेख्न शासक दल मानेनन्

कीर्तिपुर, २ बैशाख । नवौं सहिद स्मृति कप खुला व्याडमिन्टन प्रतियोगिता २०७३ को समापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार कीर्तिपुरमा सम्पन्न भयो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले मित्रता, अनुशासन, स्वास्थ्य र देशको सार्वभौमिकता रक्षाको लागि खेलकुदको विकास गर्नुपर्ने बताउनुभयो ।
खेलाडीहरुले देशका सरकारमा गएका नेताहरुलाई अनुशासन सिकाउनुपर्ने चर्चा गर्दै उहाँले सरकारमा गएका नेताहरु अनुशासनहीन हुनाले जनताले दुःख पाएको बताउनुभयो ।
नेपालको एक सयभन्दा बढी ठाउँमा ६० हजारभन्दा बढी हेक्टर जमिन भारतीय विस्तारवादले अतिक्रमण गरेको बताउँदै सुवालले खुला सिमा नियमित नगरी नेपालको हित नहुने बताउनुभयो ।
नेमकिपाले संविधानमा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि उल्लेख गर्नुपर्ने माग गरेको तर भारतीय बिस्तारवादको दबाबमा शासक दलहरुले नेपालको क्षेत्रफल उल्लेख नगरेको उहाँको भनाई थियो ।
संविधान संशोधनमा नेमकिपाको विरोधमाथि व्याख्या गर्दै सांसद सुवालले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, वैवाहिक अंगीकृत नागरिकलाई देशको उच्च पदमा पु¥याउन र जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका प्रावधानले देशको सार्वभौमिकता खतरामा पर्ने बताउनुभयो ।
युवा खेलकुद समूह किर्तिपुरको आयोजनामा भएको कार्यक्रममा जनसेवा माविका प्राचार्य नन्दकुमारी महर्जनm सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष सिद्धिकुमार मानन्धर, राष्ट्रिय खेलाडी राम राई, किर्तिपुर व्याडमिन्टन क्लबका अध्यक्ष राजु महर्जन र युवा खेलकुद समूह किर्तिपुरका अध्यक्ष हरिकुमार महर्जनले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *