भर्खरै :

डकर्मी भेला

भक्तपुर,२ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले राजनीतिक रुपमा सचेत भएर मात्र स्थानीय तहको निर्वाचनमा मतदान गर्नुपर्ने बताउनुभएको छ । शनिबार नेपाल क्रान्तिकारी डकर्मी संघ भक्तपुर वडा नं १ को आयोजनामा भएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले राजनीतिक कार्यकर्ताको कर्तव्य जनताबीच पार्टी कार्यक्रम पु¥याउनु र राजनीतिक रुपमा सचेत बनाउनु भएकोमा जोड दिनुभयो ।
उहाँले घर निर्माण गर्दा सानो कुरामा खेंलाची गर्दा समेत धेरै मानिसको ज्यान जान सक्ने भएकाले डकर्मीहरुले आफ्नो पेशाप्रति इमान्दार र नागरिक भावनाले जागरुक हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशभक्त कोजूको सभापतित्वमा भएको कार्यक्रममा नेक्राडकर्मी संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरु, स्थानीय पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवट, लक्ष्मीभक्त खत्री, आर कोजू, जोशीजी, ललित कोजू, विष्णु शिल्पकार, कृष्णभक्त खत्रीलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *