भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २ वैशाख । ख्वप पौभा च्वमी पुचः को आयोजनामा शनिबार खौमास्थित ख्वप छें गेष्ट हाउसमा छैटौं पौभा प्रदर्शनी कार्यक्रम सम्पन्न भयो । ससाथै पौभा कलाकारद्वय मुक्ति सिं थापा र अग्रणी महिला पौभा कलाकार नारायणलक्ष्मी कारञ्जितलाई प्रमुख अतिथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) र संस्कृतिविद् सत्यमोहन जोशीले दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
पौभाका सूचीपत्रसहितको स्मारिका विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष (रोहित) ले नेपालको मौलिक कलालाई निरन्तरता दिने कार्यमा सक्रिय ‘ख्वप पौभा च्वमी पुचः’ का कलाकारहरूको उत्साह, जा“गर र मेहनतको प्रशंसा गर्दै यसको उचित संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
हरेक पौभा चित्रका पृष्ठभूमि र त्यसमा लुकेका किम्बदन्ती, धार्मिक एवम् पौराणिक कथा बोकेको पौभा आफैमा एक पृथक कला हो । यसको संरक्षण प्रवद्र्धनमा नेपाल सरकारअन्तर्गत ललितकला प्रज्ञा प्रतिष्ठानले उचित कार्य गर्न नसकेको हु“दा प्रतिष्ठानले गर्नुपर्ने काम कुनै व्यक्तिको समूहले गर्नुपर्दा धेरै समस्याहरू हुने बताउनुभयो ।
‘पौभा चित्र नेपालीको मौलिक कला भएको हु“दा देशको कला र साहित्य, विचार र दर्शन अन्य देशहरूमा पनि फैलाउन सके पर्यटनलाई आकर्षण गर्न सकिन्छ । ख्वप पौभा च्वमी पुचःले यस कलालाई निरन्तरता दिंदै नया पुस्तालाई प्रशिक्षित गर्ने कार्य प्रशंसनीय छ’ – उहा“ले भन्नुभयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले पौभा चित्रकलाको पहिचान थाहा पाउने पृथक माध्यम भएको हु“दा पूर्खाले छोडेको परम्परालाई उचित संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने विचार राख्नुभयो । उहाले पौभा लेख्ने प्रचलन नेपालबाट अरू देशमा विकसित भएको बताउदै आफ्नो कलाको संरक्षण आफैले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाले भन्नुभयो – ‘जीवनको सत्यता थाहा पाउने दर्शन पौभामा हुन्छ । पौभाको उद्देश्य, दर्शन, नियम थाहा पाएर मात्र पौभा लेखिन्छ ।’
कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नीमा घ्याम्चो लामाले कला क्षेत्रलाई योगदान पु¥याउने कलाकारलाई कलाकारको उचित सम्मान प्रतिष्ठानले गर्नुपर्ने तर नेपाल सरकारको उदासिनताले सबै क्षेत्र लथालि· भएको तर्क राख्नुभयो । उहा“ले कला र कलाकारको उत्थानको लागि ‘राष्ट्रिय कला’ स्थापना गर्ने प्रयासमा आफूहरू लागि परेको बताउनुभयो ।
नेपाल पर्यटन विकास बोर्डका निवर्तमान अध्यक्ष नीलकृष्ण ताम्राकारले पौभा लेख्ने कलाकारलाई निरन्तर प्रोत्साहनको आवश्यकता हुने भएको हुदा कला क्षेत्रमा योगदान पु¥याउने कलाकारलाई अभिनन्दन तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने बताउनुभयो ।
वरिष्ठ पौभा कलाकार दीपककुमार जोशीले कला उत्थान र कला जोगाउनमा कलाकारको महत्वपूर्ण योगदान हुन्छ, यस क्षेत्रमा राज्यको पनि उचित ध्यान जान आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पौभा कलाकार मुक्ति सिंह थापा, ख्वप पौभा च्वमी पुचःका सचिव पूर्णप्रसाद ह्योजूले पनि बोल्नुभएको थियो । वैशाख २ देखि ५ गतेसम्म ख्वप छें गेष्ट हाउसमा पौभा प्रदर्शनी हुनेछ ।
Leave a Reply