महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, २ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा भएको चारदिने विपद् व्यवस्थापन तालिम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले तालिम लिएकाहरूले तालिमको सही सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै विपद्मा आफ्नो सुरक्षा आफैले गरी अरूको उद्धार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुराभन्दा कामको मूल्याड्ढन हुने भएकोले काम गरेर देखाउनुपर्छ ।”
उपप्रमुख रजनी जोशीले तालिममा सिकेका ज्ञान सर्वसाधारण जनतालाई पनि सिकाउनुपर्छ भन्नुभयो ।
नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले भनपाले विपद्मा उद्धार गर्ने तालिम सञ्चालन गरी प्रशंसनीय कार्य गरेको बताउनुभयो ।
प्रहरी उपरीक्षक सविन प्रधानले समयमै उद्धार गर्न सके विपद्मा धेरैको ज्यान जोगाउनसक्ने चर्चा गर्दै उद्धारमा समुदायको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक रमेशसिं ठकुरी, वडाध्यक्ष श्याम खत्री र प्रशिक्षार्थी बलराम न्हिसुतुले पनि बोल्नुभएको थियो ।
Leave a Reply