भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
खलङ्गा, ३ कात्तिक (रासस) : कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ जुम्ला सदरमुकाम खलङ्गामा आज प्रदर्शन गरिएको छ । स्थानीय कलाकारको लेखन तथा निर्देशन रहेको नाटक ‘पम्फा फूल’ स्थानीय कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशनसहित १३ कलाकारको समूहले निर्माण गरेर मञ्चन गरिएको हो ।
नाटकले धनकै कारण आमाबुबा, दिदीबहिनी, श्रीमतीसहित परिवारका अन्य सदस्यलाई पीडा दिइरहेको कथा प्रस्तुत गरिएको थियो । खस सभ्यताका जानकार रमानन्द आचार्यले नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्थाको चित्रण गरेको बताउनुभयो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले नाटक खस भाषा संरक्षणको आधार भएको प्रतिक्रिया दिनुभयो ।
नागरिक समाजका संयोजक राजबहादुर महतले स्थानीय कलाकारको मेहनत र नाटकको सन्देश मार्मिक भएको बताउनुभयो । कला घर जुम्लाको पहिलो प्रस्तुति उक्त नाटक यही कात्तिक ८ गतेसम्म सञ्चालन हुने निर्देशक सुनारले जानकारी दिनुभयो । खस सभ्यता झल्काउने पोषाक, पहिरन तथा भाषाको नाटकले बजार पाउने धेरै दर्शकको प्रतिक्रिया थियो ।
Leave a Reply