तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३ कार्तिक । नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशनको सन्देश प्रवाह गर्ने क्रममा शनिबार चाँगु नपा वडा नं. २ र ३ का महिलाहरूको भेला झौखेलमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेश सदस्य सृजना सैँजूले प्रदेश नं. २ का जनतासँग हालै गरेको भेटघाट कार्यक्रमबारे जानकारी दिँदै तराईको स्थिति दुःख लाग्दो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तराईमा शिक्षाको अवस्था दयनीय छ । दाइजो प्रथा र वर्ग विभेदले अपराधिक घटना बढिरहेको छ ।”
समृद्धिको नाममा ओली सरकारले झूटो बोलिरहेको चर्चा गर्दै उहाँले देशमा विकासभन्दा विनाश बढिरहेको बताउनुभयो ।
बासु माविका पूर्व प्राचार्य एवम् शिक्षासेवी बालमुकुन्द बासुकलाले भक्तपुरमा शैक्षिक विकासक्रमबारे जानकारी दिँदै विकासको आधार शिक्षा नै हो भन्नुभयो ।
नेक्रामसङ्घ भनसका प्रतिनिधि मञ्जु लाखाजूले सभ्य र सुसंस्कृत समाज निर्माणको लागि समाज नै शिक्षित हुन आवश्यक छ भन्नुभयो ।
भेलाले मुना बासुकलाको अध्यक्षतामा ९ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ एकाइ समिति गठन गरेको छ ।
कार्यक्रममा राधेश्याम बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply