न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
डा. शम्भु पहाडी
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्यको सार)
देशमा केही पनि हुँदैन भन्ने नैराश्य मनमा खेल्दा म भक्तपुर आउँछु र भक्तपुरबाट ऊर्जा लिएर फर्किन्छु । भक्तपुरबाट काठमाडौँ फर्किंदा म अरुलाई पनि छाती चौडा पारेर भन्छु– “म भक्तपुर पुगेर आउँदैछु ।”
संसद्मा आजभोलि म प्रतिपक्ष देख्दिनँ । त्यस अवस्थामा एक्लै भएर पनि नेमकिपाका प्रेम सुवालले खेलिरहनु भएको भूमिका ठिक लाग्छ । उहाँ उभिएर संसद्मा प्रश्न राख्नुहुँदा मेरा रौँ ठाडा हुन्छन्– अब के प्रश्न गरेर सत्तापक्षलाई प्रहार गर्नुहोला ! उहाँले संसद्मा वास्तविक प्रतिपक्षको भूमिका निभाएको देख्छु ।
(तःमुंज्यामा) मैले केही कुरा भन्नुभन्दा पनि केही सिकेर गइरहेको हुन्छु । डाक्टर भएर मैले आफ्नो क्षेत्रको पनि केही कुरा गर्नुपर्छ । साहित्य भएन भने सबै क्षेत्र खल्लो हुन्छ । डाक्टरले रोग पहिचान गरी यो औषधि खानुप¥यो भनेर लेखिदिएको हुन्छ । त्यो औषधि तितो हुन्छ । आजभोलि बच्चाहरूले औषधि खाऊन् भनेर चिनी राखेको हुन्छ । नत्र तितो औषधि खान सक्दैनन् । चिनी नमिसाउँदा जसरी औषधि तितो हुन्छ, साहित्य भएन भने राजनीति र समाजका अन्य क्षेत्र तिता हुन्छन् । यो सम्मेलनको नाम नेपालभाषा साहित्य सम्मेलन भनिए पनि यहाँ भोजपुरी, मैथिली, चेपाङहरूलाई पनि समावेश गरिएको पाउँछु । यहाँ सबै भाषालाई समेटिएको हुन्छ ।
म तपार्इँहरूलाई आग्रह गर्न चाहन्छु– मातृभाषालाई नबिर्सनुस् । आजभोलि मातृभाषा छायाँमा पर्दै गएको देखिन्छ । बोल्नै खोज्दा पनि अङ्ग्रेजी र अन्य भाषाको मिश्रण हुने अवस्था आउँछ । भाषाले मानिसलाई नजिक बनाउने गर्छ । यहाँ नचिनेको मान्छे अमेरिकामा नेपाली भाषा बोल्नेबित्तिकै नजिक हुने गर्छौं ।
स्वास्थ्य क्षेत्रका कुरा
भक्तपुर अस्पताल देशको दोस्रो जेठो अस्पताल हो । विसं १९३५ मा वीर अस्पताल स्थापना भयो । लगत्तै अर्को वर्ष प्रधानमन्त्री वीरशमशेर र पृथ्वी वीर विक्रम राजा भएको समयमा भक्तपुर अस्पताल स्थापना भएको थियो । यो अस्पतालले धेरै प्रगति गरिसक्नुपथ्र्यो । माफियातन्त्रको कारण प्रगति हुनसकेको छैन ।
हामीले धेरै अघिबाट भक्तपुरमा मेडिकल कलेज स्थापनाको प्रयास थालेका हौँ । अरु मेडिकल कलेजमा पढ्दा ४०–५० लाख खर्च हुने गर्छ । भक्तपुर नगरपालिकाले ख्वप कलेजजस्तै मेडिकल कलेज खोलेर १०–१५ लाखमै अरू कलेजको दाँजोमा राम्रा विद्यार्थी तयार गर्छौँ भन्दा सरकारले स्वीकृति दिएन । सरकार आफैले निर्णय गर्न सक्दैन । उनीहरूले माफियालाई नै सोध्ने गर्छन् । कहाँ, कति, कुन मेडिकल कलेजको स्वीकृति दिने वा नदिने भन्ने कुराको निर्णय माफियातन्त्रले गर्छ ।
अस्पतालमा प्रसुति गर्नेको सङ्ख्या बढेसँगै बाल मृत्युदर र प्रसुति मृत्युदर घटेको छ । मानिसहरू अस्पतालमै मृत्युवरण गर्ने गर्छन् । जस्तै स्वस्थ मानिस पनि जीवनको दुईपटक अस्पतालमा पुगेकै हुन्छ–एकपल्ट जन्मदा र अर्कोपटक मृत्युको बेलामा (मर्दा) । बाटोमै केही भए पनि परिवारले एकपल्ट अस्पताल लगे डाक्टरले बचाइदेलान् कि भनी अस्पताल पु¥याएका हुन्छन् । विडम्बना ! नेपालका पूर्वप्रधानमन्त्री र पार्टी सभापतिसमेत भइसक्नुभएका एकजना व्यक्तिले अस्पतालमा मृत्युवरण गर्न पाउनुभएन । अस्पतालमा पु¥याउनुपर्नेमा किन लगिएन भनी सोध्दा ‘एम्बुलेन्स पाइएन’ भन्ने जवाफ दिइयो । उहाँको के कारणले मृत्यु भयो भनी न प्रतिपक्ष सोध्छ, न आफ्नै पार्टीका मान्छेले नै सोध्छन् ।
पहिला सरुवा रोगका कारण धेरै बालबच्चा, वृद्धवृद्धा र युवाहरूको पनि मृत्यु हुनेगथ्र्यो । खोप, जनचेतना, अस्पताल आदिको विकासले सरुवा घटेको छ । तर, नसर्ने रोग भने बढेको छ । सरुवा रोगको केही न केही लक्षण हुन्छ । तर, धेरैजसो नसर्ने रोगको कुनै लक्षण देखिँंदैन । उच्चरक्तचापको अघि कुनै लक्षण देखिँंदैन । अचानक हृदयघात र मस्तिष्कघात भएर मानिस अस्पताल ल्याइएको हुन्छ । उच्चरक्तचापको कारण मिर्गौला पूर्णतः काम नगर्ने अवस्थामा (पुगेको कुरा) बिरामीलाई जानकारी गराउँदा बिरामी निकै हतोत्साहित हुन्छन् ।
वर्षको एकपल्ट पिसाब मात्र जचाउँदामात्र पनि मिर्गौलाका समस्याबारे प्रारम्भिक लक्षण थाहा हुन्छ । नियमितरूपमा रक्तचाप जचाउँनुपर्छ ।
अब म मधुमेहको विषयमा केही कुरा भन्छु । पहिले मधुमेह जाँच्ने कुनै प्रविधि थिएन । डाक्टरले बिरामीको पिसाब चाटेर मधुमेह भएको हो– होइन (भन्ने कुरा) भन्थे ।
अहिले देशलाई नै दिसामुक्त घोषणा गरिएको छ । यो विडम्बना हो । खासमा देश दिसामुक्त हुनै सक्दैन । ठाउँठाउँमा सार्वजनिक शौचालयको विकास, जीवनयापन र संस्कृतिमा परिवर्तन गर्नुप¥यो । बाहिर पिसाब गर्दा पिसाब वरपर कमिला घुम्दा मुधमेह भएको पत्ता लगाइन्थ्यो । त्यसपछि मात्र अहिलेको प्रविधिको विकास भएको हो ।
आजभोलि सरुवाभन्दा नसर्ने रोगबाट बढी डराउनुपर्छ । मधुमेह, रक्तचाप र मिर्गौलासम्बन्धी समस्याबाट हामी सजग हुनुपर्छ ।
अर्को एउटा सरुवा रोग हामीकहाँ भित्रिसक्यो । त्यो हो मोबाइल फोन । मोबाइलले त बर्बाद गरिसक्यो । बुबा एकातिर, आमा अर्कोतिर, छोरा अर्कोतिर छोरी अर्कोतिर । बच्चा जन्मनासाथ दूध खुवाउन मोबाइलको सहायता आवश्यक पर्ने भइसक्यो । त्यस्तो विकृति अहिले भित्रिरहेको छ । यो मोबाइलको रोग सरुवा र नसर्ने रोगभन्दा पनि खतरनाक रोग हो । समयमै नियन्त्रण गर्न नसके (यसले भविष्यमा) नराम्रो रूप लिनेछ ।
(पहाडी हृदयरोग विशेषज्ञ हुनुहुन्छ ।)
Leave a Reply