जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
चितवन, ३ कार्तिक । जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकोले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकोले केही दिन धान नकाट्न आग्रह गरिएको बताउनुभएको हो । कतिपय स्थानमा बाला निस्कन थालेको र कतिपय ठाउँमा बाला निस्कने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । यो जातको धानको डीएनए परीक्षण भइरहेकोले यसका लागि अझै एक साता कुर्नुपर्ने उहाँले भन्नुभयो ।
तिहार अगाडि परीक्षणको नतिजा आउने अनुमान गरिएको छ । त्यसलगत्तै कृषि तथा पशुपक्षी मन्त्रालयले क्षतिपूर्ति मूल्याङ्कन समिति बनाउने आश्वासन दिएको जनाइएको छ । समिति बनेर मूल्याङ्कन गरेपछि धान काट्दा क्षतिपूर्ति मूल्याङ्कन गर्न सहज हुने प्रमुख ढकालको भनाइ थियो ।
पूर्वी चितवनका कृषकले धान काट्न सुरु गरेका छन् । बीउ बिक्री गर्नेहरूले फरक जातको धानको बीउ बिक्री गरेको हुनसक्ने भन्दै सुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको डीएनए परीक्षण भइरहेको छ ।
धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बालीमा पनि असर पुग्ने उक्त केन्द्रका प्रमुख ढकालको भनाइ थियो । धानपछि तरकारी खेतीका साथै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बालीमा असर पर्ने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकोले डीएनएको प्रतिवेदन आएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के–कस्तो कारबाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।
वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा उक्त धान पाक्न १६० दिन हाराहारी लाग्ने देखिएको छ । दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बीउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करीब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । स्थानीय तहले उक्त धानको तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाउन सुरु गरेका छन् । विसं २०७२ मा सूचिकृत भएको गरिमा भारतीय उत्पादन भएको र यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल फुलिसक्नुपर्छ ।
जिल्लामा गरिमा, गोरखनाथ र यूएस ३१२ जातका आयातीत वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष वर्षेधान १ लाख १९ हजार ७०० मेट्रिक टन र चैते धान २६ हजार मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष ५ हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षेधान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।
Leave a Reply