एसईई परीक्षा नतिजा निकाल्न एक जना विद्यार्थी कति वर्ष पर्खनुपर्ने हो ?
- भाद्र १०, २०८३
– गोपाल नगरकोटी
सरकारको नेतृत्व फेर्ने या नफेर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक मामिला हो । सरकारको नेतृत्व पालैपालो गर्ने ‘समझदारी’ पनि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको आन्तरिक मामिला हो । ओली र दाहाल एउटै पार्टीको अध्यक्ष भएको हुँदा सरकारको नेतृत्व फेरेर या नफेरेर देश र जनताको सवालमा हेर्ने नजरमा खासै फरक पर्दैन । सरकारको नेतृत्व फेर्नेबारे स्वयम् नेकपाका नेताहरूबीच एकमत छैन । आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको हो कि होइन भन्नेबारे दुई अध्यक्षको मतमा एकरूपता छैन । सवाल कहिलेसम्मको प्रधानमन्त्री हुनेभन्दा पनि एउटै दलका दुई अध्यक्षको एउटै विषयमा मत बाझ्नु या फरक–फरक मत आउनु राम्रो सङ्केत होइन । यसले नेकपाकै नेता र कार्यकर्ताहरू अन्योल छन् ।
कार्तिक ३ गते प्रकाशित कान्तिपुर दैनिकको कुराकानीमा प्रम ओलीले “मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला” भनेका छन् । सोही अन्तर्वार्तामा “यदि कुनै समझदारी छ भने त्यो समझदारी आएको बेला कार्यान्वयन हुने होला नि ?” भन्ने भनाइ पनि छ । यी दुई भनाइ आपसमा बाझिएका छन् । समझदारी भए सो समझदारी कार्यान्वयन हुनसक्ने सम्भावना औँल्याइएको छ । त्यस भनाइअनुसार अध्यक्ष दाहाल प्रम हुने सङ्केत गरिएको छ । मलाई लखेटेर हटाउने सम्भव छैन भन्ने अभिव्यक्तिले ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने सङ्केत गरेको छ । नेपालीको सीमा अतिक्रमण रोक्न, मिचिएको भूमि फिर्ता लिन, अन्तर्राष्ट्रिय नियमविपरीत बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पारी ठूलो धनजन क्षति पु¥याए पनि कूटनीतिक ढङ्गबाट भारतसँग वातचित नगर्ने नेपाल सरकारले प्रम हेरफेरबारे आफू आफू किन गोलमटोलको अभिव्यक्ति दिँदै छन् ?
कार्तिक ३ गते प्रकाशित नागरिक दैनिकको ‘दौडधुपमा दाहाल’ शीर्षकको समाचारमा नेकपाका अध्यक्ष दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेलसँग भेटी पार्टी एकताको बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको समाचार छापियो । आलोपालो प्रम हुने समझदारीलाई ओलीले बेवास्ता गरेको दाहालको अभिव्यक्तिबाट पहिले सार्वजनिक भएझैँ सरकारको नेतृत्व पालैपालो हुने समझदारी भएको भन्न सकिन्छ । सोही दिन राजधानीमा नेकपाका नेता एवम् राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले केपी ओली नै पाँच वर्ष प्रम हुने अभिव्यक्ति दिए । कुन नेताको भनाइ ठीक हो ? एउटै दलका नेताहरूको एउटै विषयमा किन फरक–फरक भनाइ हुन्छ ? ‘कुण्ड कुण्ड पानी मुन्द मुन्द बुद्धि’ भनेको यही हो । दुई अध्यक्षबीच कुरै नउठेको भए अध्यक्ष दाहालले बेलाबखत समझदारीबारे अर्का अध्यक्ष ओलीले बेवास्ता गरे भन्ने गुनासो गर्दैनथे । समझदारी नभए पनि भनिएको हो भने दाहालले ओलीले शासन गरे भनेर पेट दुखाउनुपर्ने विषय होइन । समझदारी हो भने ओलीले मेरो गोरुको बा¥है टक्का भन्न पनि मिल्दैन । दुई अध्यक्षको भनाइले दुवै अध्यक्ष पदप्रति लालायित छन् भन्ने थाहा हुन्छ ।
Leave a Reply