गुमायो हनुमन्ते खोलाले प्राकृतिक गुण
- जेष्ठ १३, २०८३
– अस्पतालका शुभेच्छुकहरू
भक्तपुर क्यान्सर अस्पतालमा के भइरहेको थियो र के भइरहेको छ भन्नेबारेमा भक्तपुरमात्र होइन देशभरकै जनता धेरैथोरै जानकार छन् । क्यान्सर अस्पतालको पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरूले अस्पतालकै विनियम र हितविपरीत अनेकौँ अनियमित निर्णयहरू गरेको बाहिर आइसकेकै कुरा हो । तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूले गरिरहेको अनियमितता र भ्रष्टाचारबारे नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारलाई हामीले उजुरी गरी छानबिनका लागि अनुरोध गरेका थियौँ । अस्पतालको हितका लागि तिनीहरूमाथि लागेको आरोपको स्पष्टीकरण दिनुपर्छ भनी हामीले अनुरोध र माग गरेका थियौँ । त्यसपछिदेखि तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरू लाजले हो वा जनताको डरले हो अस्पतालमा पाइला टेक्न आएका छैनन् । अस्पताल व्यवस्थापन समिति नै सम्पर्कमा नआएपछि भक्तपुर नगरपालिकाले छानबिन गर्न सहज बनाउन पुरानो व्यवस्थापन समिति भङ्ग भएको मानी सबै सम्बद्ध पक्षको सहभागिता हुने गरी नयाँ व्यवस्थापन समितिको गठन गरेको थियो ।
नयाँ व्यवस्थापन समिति आएपछि पहिलेदेखि गर्दै आएका अनियमितता गर्न नपाएको रिसले तिर्मिराएका पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरूले अनेक माध्यमबाट कर्मचारीहरूलाई सुरुमा कज्याउने र लोभ्याउने भाषा प्रयोग र पछि पछि जागिर खाइदिने, कतै पनि काम गर्न नसक्ने गरी रेस्टिकेट गरिदिने र भौतिक आक्रमण गर्नेलगायत अनेकखाले धम्की दिएका थिए । कर्मचारीहरूले अस्पतालको हितमा हाम्रो कर्तव्य पूरा गर्छौँ, सकेको गर्नु भनी जवाफ दिएपछि कर्मचारीहरूलाई दुःख दिन अनेक घिनलाग्दा खेल खेल्न थालेका थिए ।
अस्पताललाई जनताको संस्था मानेर अस्पतालको एक पैसा पनि यताउता नहुने गरी अस्पताल प्रशासनले अस्पतालको पुरानै खातामा जम्मा गर्दै आएको थियंो । दसैँको मुखमा भदौ र असोजको तलब भत्ता रोकेको थियो । त्यसपछि अस्पताल प्रशासनले पनि चिकित्सक, नर्स र कर्मचारीहरूलाई तलब खुवाउन अस्पतालको आम्दानी रकम अस्पतालभित्रकै छुट्टै कोषमा राख्दै आएको हो । जहाँसम्म पूर्वव्यवस्थापन समितिका भ्रष्ट पदाधिकारीहरूलाई प्रवेश निषेधको कुरा हो त्यसमा कर्मचारी र जनताको शान्तिपूर्ण अवरोध वा बहिष्कार कायमै छ तर कसैमाथि कुनै खाले भौतिक आक्रमणको धम्की दिइएको छैन । अन्नपूर्ण दैनिकमा ‘भक्तपुर नपा र निलम्बित मेडिकल डाइरेक्टरले केही समूह परिचालन गरी व्यवस्थापन समितिलाई अस्पताल प्रवेश गर्न दिएका छैनन् । त्यस्तै नयाँ मेडिकल डाइरेक्टर भएर आउने चिकित्सकलाई समेत कालोमोसो डल्ने, जुत्ताको माला लगाइदिने धम्की दिँदै आएको छ ।’ भनिएको छ । त्यो कपोलकल्पित समाचारमात्र हो । त्यस्ता जनविरोधीको दुष्प्रचारमा विश्वास नगर्न केही शङ्का वा गुनासो भए अस्पतालमा आएर बुझ्न वा गुनासो गर्न आह्वान पनि गर्दछौँ । निरन्तररूपमा क्यान्सरका रोगीहरूको सुपथ मूल्यमा उपचार गर्दै आएको सामुदायिक अस्पताल भक्तपुर क्यान्सर अस्पताल ध्वस्त गर्न भित्रभित्रै धमिराको काम गर्ने भ्रष्टाचारी र बाह्यरूपमा आक्रमण गर्न आउने जो कोहीविरुद्ध भक्तपुरका न्यायप्रेमी र भ्रष्टाचारविरोधी जनताले नछाड्ने तथ्यमा पनि सचेत पार्न चाहन्छौँ ।
Leave a Reply