संसद् पुनःस्थापनाले गणतन्त्रको बाटो खुला
- बैशाख १५, २०८२
भक्तपुर, ९ कार्तिक । भक्तपुर मार्सल आर्टस हाप्किडो सङ्घको आयोजनामा शुभकामना कार्यक्रमका साथै भर्खरै रोल्पामा मार्शल आटर््स हाप्किडो राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीहरूलाई बधाई तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगर खेलकुद समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले भक्तपुर जिल्ला आर्थिक अनुशासन, शिक्षा, स्वास्थ्य, संस्कृति जगेर्ना गर्नमा मात्र होइन ज्ञानविज्ञान र खेलकुद जगतमा पनि एक नमुना भइरहेको बताउनुभयो ।
नेपालमा हरेक खेलको शुभारम्भ भक्तपुरमा भएको उल्लेख गर्दै उहाँले मार्शल आट्र्स हाप्किडो खेलमा भक्तपुर जिल्लाले ३ स्वर्ण, २ रजत र १ कास्य पदक ल्याउनुले खेलकुद जगतमा नयाँ आयाम थपेको धारणा राख्नुभयो ।
नेपाल मार्सल आर्टस हाप्किडो सङ्घका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तिमगरले नेपालमा यो खेलको राष्ट्रिय प्रतियोगिता पहिलोपटक ५ प्रदेशका करिब २०० खेलाडीहरूबीच रोल्पामा भएको जानकारी गराउनुभयो ।
आयोजक सङ्घका अध्यक्ष पद्मा खयरगोलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षाविद्, खेल प्रशिक्षक, खेल परिषद्का प्रतिनिधिलगायतका प्रतिनिधिहरूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि खबुर्जाले भक्तपुर जिल्लाको प्रतिनिधित्व गरी रोल्पामा सम्पन्न प्रतियोगितामा विजयी भएका खेलाडीहरू जयन्ती श्रेष्ठ, कान्ति लामा, सन्तोष कविराज, सुशान्त लामिछाने, अञ्जना ढुङ्गेल, करूण चक्रधर, भुपेन्द्र वी.सी., सूर्य गोहिवारलाई सम्मानपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply