भर्खरै :

प्रहरीको सक्रियता बढाउन आवश्यक

 
लक्ष्मी पोखरेल, धनगढी
तिहारको आगमणसँगै सीमावर्ती क्षेत्रबाट विस्फोटक पदार्थ भित्रिने क्रम बढेको छ । सीमावर्ती क्षेत्रबाट बारूड, पटाकालगायतका विष्फोटजन्य सामानहरू प्रहरीले पक्राउ गरिएको समाचारहरू प्रकाशित भइरहेका छन् ।
बारूड–पटाका नपड्काउन, जुवा–तास नखेल्न र मदिरालगायत नशालु पदार्थ सेवन नगर्न प्रहरीले विभिन्न सञ्चार माध्यममार्फत जनचेतना जगाउने गतिविधि गरे पनि नियन्त्रण हुन सकिरहेका छैनन् ।
नेपाल सरकारले पटाकाजन्य सामग्रीहरू आयातमा प्रतिबन्ध लगाए पनि सीमावर्ती भारतबाट अवैध रूपमा नेपाल भित्रिने क्रम जारी नै छ ।
विस्फोटक पदार्थ मानव स्वास्थ्यको लागि हानिकार हुनुका साथै समाजमा आतड्ढ–डर–त्रास फैलाउने विस्फोटक पदार्थ प्रयोग गर्ने गरिन्छ ।
साथै मनोरञ्जनको क्रममा चाड–पर्वमा पटाकालगायतको विस्फोटक पदार्थ पड्काउँदा विभिन्न दुर्घटना हुने खतरा छ, साथै प्रत्येक वर्ष कुनै न कुनै ठाउँमा विस्फोटक पदार्थ पड्काउँदा दुर्घटना भइरहेको छ ।
यस्ता दुर्घटनालाई न्यूनीकरण गर्न सीमा नाकाबाट हुने अवैध पैठारी रोक्ने नेपाल प्रहरीको सक्रियता बढाउनु आवश्यक छ । नेपाल प्रहरीको सक्रियता बढेमा विभिन्न अपराधजन्य घट्नामा कमी आउने स्वभाविकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *