भर्खरै :

विद्यालयस्तरीय खेलकुद प्रतियागिता चालू

भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरूमध्ये कक्षा ६ र ७ का छात्रतर्पmको कसिमला पाँय् प्रतियोगितामा इसन सुकुपायो
(बाल विकास ई. स्कूल) प्रथम, युनिश देशेमरु (हिमालयन ग्लोरी स्कूल) द्वितीय, वसन्त घिसिङ्ग
(शारदा मा.वि.) तृतीय र रुकेश सुलु (स्कलर्स होम स्कूल) ले सान्त्वना स्थान प्राप्त गरे ।
त्यसैगरी छात्रातर्पmको ६–७ सम्मको कसिमला पाँय् प्रतियोगितामा सोफी दुवाल (तारा मा.वि.) प्रथम, मनिषा खत्री
(सरस्वती विद्यागृह) द्वितीय, आयुषा जति (बाल विकास स्कूल) तृतीय र श्रृया मानन्धरले सान्त्वना स्थान प्राप्त गरिन् ।
कार्तिक १९ गतेसम्म सञ्चालित एथलेटिक्स प्रतियोगिताको १०० मि. दौड छात्रतर्पm सन्तोष विष्ट (सैनिक आवासीय मा.वि.) प्रथम, विशाल पटेल (सनसाइन ई.स्कूल) द्वितीय र सुजन प्रजापति (वागीश्वरी मा.वि.) तृतीय भएका छन् भने १०० मि. दौड छात्रातर्पm स्वागता खाइजु (जेसिज् मा.वि.) प्रथम, सरिना ध्वजु (नवीन मा.वि.) द्वितीय र सुमिना शिल्पकार (वाइजल्याण्ड इ.स्कूल) तृतीय भएका छन् ।
त्यसैगरी एथलेटिक्स प्रतियोगिताको २०० मि. दौड छात्रतर्पm रोसन पहरी (सैनिक आवासीय मा.वि.) प्रथम, प्रविना निरौला (सूर्यविनायक ई.स्कूल) द्वितीय र सुरेन्द्र परियार (सैनिक आ. मा.वि.) तृतीय भएका छन् भने २०० मि. दौड छात्रातर्पm अपेक्षा कार्की (सैनिक आ.मा.वि.) प्रथम, अञ्जली घिसिङ (गणेश मा.वि.) द्वितीय र गंगा थापा (सैनिक आ.मा.वि.) तृतीय भएका छन् ।
४०० मि. दौड छात्रतर्पm विजय अधिकारी (सैनिक आ. मा.वि.) प्रथम, विश्वराम कुँवर
(गणेश मा.वि.) द्वितीय र सन्जन सैंजु (समाज सुधार मा.वि.) तृतीय भएका छन् भने ४०० मि. दौड छात्रातर्पm उर्जा मधिकर्मी (जेसिज् मा.वि.) प्रथम, निशा ब्लोन (गणेश मा.वि.) – द्वितीय र रेष्टिना सितिखु (जेसिज् मा.वि.) तृतीय भएका छन् ।
१५०० मि. दौड छात्रतर्पm नवीन गुरुङ (शारदा मा.वि.) प्रथम, नवीन्द्र गुरुङ (सैनिक आ. मा.वि.) द्वितीय र विश्वराम कुँवर (गणेश मा.वि.) तृतीय भएका छन् भने १५०० मि. दौड छात्रातर्पm रेष्टिना सितिखु (जेसिज् मा.वि.) प्रथम, निशा ब्लोन (गणेश मा.वि.) द्वितीय र स्वस्तिका कर्माचार्य (जेसिज् मा.वि.) तृतीय भएका छन् ।
अर्को सटपुट प्रतियोगिता छात्रतर्पm दिवसविक्रम साही (प्रभात ई.स्कूल) प्रथम, राजु थापामगर
(वागीश्वरी मा.वि.) द्वितीय र अर्जुन मानन्धर (बाल विकास ई.स्कूल) तृतीय भए भने सटपुट प्रतियोगिता छात्रातर्पm सुजता खत्री (सनसाइन ई.स्कूल) प्रथम, कविता डाँगी (वाइजल्याण्ड ई स्कूल) द्वितीय र उर्जा मधिकर्मी (जेसिज् ई.स्कूल)
तृतीय भएका छन् ।
छात्रतर्पmको ज्याभलिङ प्रतियोगितामा सुजन प्रजापति (वागीश्वरी मा.वि.) प्रथम, विशाल ब्याँजु (जेसिज् मा.वि.) द्वितीय र प्रकाश घर्तीमगर (वाइजल्याण्ड ई. स्कूल) तूतीय भए भने ज्याभलिङ्ग छात्रातर्पm सुमिना शिल्पकार (वाइजल्याण्ड से.स्कूल) प्रथम, सुमिना थापा (बाल विकास ई.स्कूल) द्वितीय र स्वस्तिका कर्माचार्य (जेसिज् मा.वि.) तृतीय भएका छन् ।
ट्रिपल जम्प छात्रतर्पm रोसन पहरी (सैनिक आ.मा.वि.) प्रथम, रमेश तामाङ्ग (डेमोस ई. स्कूल) द्वितीय र सोहन श्रेष्ठ (प्रभात ई. स्कूल) तृतीय भएका छन् भने ट्रिपल जम्प छात्रातर्पm निशा ब्लोन (गणेश मा.वि.) प्रथम, स्वागता खाइजु (जेसिज् ई. स्कूल) द्वितीय र प्रियन्का धामी (प्रभात ई. स्कूल) तृतीय भएका छन् ।
१०० मि. रिलेदौड छात्रतर्पmको प्रतियोगितामा क्रमशः सैनिक आ.मा.वि., जेसिज् मा.वि. र सनसाइन ई. स्कूल प्रथम,द्वितीय र तृतीय हुन सफल भए भने १०० मि. रिले दौड छात्रातर्पm जेसिज् मा.वि., सैनिक आ.मा.वि. र गणेश मा.वि.ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
उत्कृष्ट खेलाडीको उपाधी छात्रतर्पm रोसन पहरी (सैनिक आ.मा.वि.) र छात्रातर्पm स्वागता खाइजु (जेसिज् मा.वि.) ले प्राप्त गरे भने टीमतर्पm सैनिक आ.मा.वि., जेसिज् मा.वि. र गणेश मा.वि. क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *