भर्खरै :

हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकाको स्वार्थ

थाइल्यान्डको राजधानी बैङ्ककमा हालै ३५ औं आसियान शिखर सम्मेलन र सोसँग सम्बन्धित सम्मेलनहरू सम्पन्न भए । लगत्तै सोमबारबाट संरा अमेरिकाको नेतृत्वमा त्यहीं दोस्रो हिन्द–प्रशान्त व्यापार मञ्चको वार्षिक सम्मेलन भयो । सम्मेलनले संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीति बेच्न ‘स्वतन्त्र र खुला हिन्द प्रशान्तः साझा दृष्टिकोणको अग्रता’ शीर्षकको प्रतिवेदन सार्वजनिक ग¥यो । त्यसमा चीनलाई मज्जाले छ्याँसेको छ । चीनलाई क्षेत्रीय शान्तिको लागि प्रमुख खतराको रूपमा चर्चा गर्दै हिन्द–प्रशान्त रणनीतिको ढाँचाअन्तर्गत ताइवान टापुसँग सम्बन्ध बिस्तारमा जोड दिइएको छ ।
तथापि आसियान र अरू त्यससँग सम्बन्धित सम्मेलनको मूल जोड भने क्षेत्रीय विस्तृत आर्थिक साझेदारीमा सहमति थियो । सो सहमतिमा सहभागी देशहरू र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ । हिन्द प्रशान्त रणनीतिको प्रवद्र्धन गर्ने संरा अमेरिकी प्रयासलाई भने उनीहरूले चिसो व्यवहार गरेका छन् ।
भारतले हाललाई सो क्षेत्रीय विस्तृत आर्थिक साझेदारी सहमतिमा सहभागी नबन्ने निर्णय गरेको छ । तर, भारतको यो निर्णयसँग हिन्द प्रशान्त रणनीतिको कुनै सम्बन्ध छैन । भारतले आफ्नै आर्थिक हितलाई ध्यानमा राखेर त्यो निर्णय गरेको हो ।
हिन्द प्रशान्त रणनीतिको आरम्भ पछि बितेका दुई वर्षमा संरा अमेरिकाले त्यसको खुब प्रचारबाजी गरिरहेको छ । तर, अघिल्ला संरा अमेरिकी राष्ट्रपति बाराक ओबामाको सरकारले घोषणा गरेको एसिया प्रशान्त रणनीतिको तुलनामा हिन्द प्रशान्त रणनीति तुलनात्मक रूपमा कुनै उचित विषय छैन ।
वाशिङ्टन नयाँ दिल्लीलाई अघि सारेर चीनविरुद्धको द्वन्द्वको लागि ‘युद्धमोर्चा’ बनाउन चाहिरहेको छ । तर, भारत पनि संरा अमेरिकाभन्दा निकै सचेततापूर्वक लागिरहेको छ । भारत संरा अमेरिकाले दिएको कूटनीतिक लाभको फाइदा उठाइरहेको छ । सँगै उसले चीनसँगको सम्बन्ध विकासलाई पनि जोड दिएको छ । वाशिङ्टन चीन र भारतबीच विभाजनको चक्कु चलाइरहेको छ । तर, मोदी यो जालमा फस्ने छैन ।
दक्षिणपूर्वी एसियाली देशहरू हिन्द प्रशान्त रणनीति मान्न अस्वीकार गरिरहेका छन् । चीन र संरा अमेरिकाबीच कुनै एउटा छान्न उनीहरू तयार छैनन् । प्रमुख शक्तिबीच सन्तुलन कायम गर्नु नै उनीहरूको मूलभुत बाटो बनेको छ ।
संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको झण्डा बोक्नमा सक्रिय यो क्षेत्रमा एउटै मात्र शक्ति छ, त्यो हो–ताइवान । ताइवानले आफू खुशी ‘युद्धमोर्चा’ बन्न आतुरी देखाइरहेको छैन । तर, दक्षिणपूर्वी एसियाका अधिकांश देशहरू ताइवानी प्राधिकारको कोकोहोलोको पछि लाग्न तयार छैनन् । ताइवानको कथित लोकतन्त्र र स्वतन्त्रको रक्षाको हल्लाको पछि लाग्न तयार छैनन् । यो क्षेत्रको एउटा प्रमुख चासो भनेको ताइवानी टापुमा स्थायित्व हो । वरपरका क्षेत्रमा अन्य कुनै पनि प्रकारका अवरोध हुनुहुन्न ।
ताइवानकोे प्रश्न कसरी समाधान गर्ने भन्ने चिनियाँ मूलभूमि र ताइवान टापुबीचको चासोको विषय हो । अरु कुनै शक्तिले यस विषयमा कुनै प्रकारको हस्तक्षेप गर्न चाहेको छ । तर, दसौं हजार टाढा रहेको संरा अमेरिकालाई भने सधैं यो टाउको दुखाईको विषय बनेको छ । ताइवानको शान्ति सुव्यवस्था खलबलाउन संरा अमेरिकाको वर्तमान सरकार र ताइवानको सिया इन–वेन सरकार लागिरहेको छ । यसले क्षेत्रीय स्थायित्वलाई समेत खतरामा पारेको छ । अरु क्षेत्रीय सदस्यलाई भने ताइवानको विषयमा कुनै चासो छैन । हिन्द प्रशान्त क्षेत्रमा आफ्नो रणनीतिक स्वार्थ फत्ते गर्न ताइवानलाई आफ्नो वफादार मतियारको रूपमा प्रयोग गरिरहेको छ । तथापि, संरा अमेरिका र ताइवान टापु दुवै अति चलाख भने हुन सक्दैनन् ।
एसियाको आर्थिक र सामाजिक विकासको मूलधारबाट संरा अमेरिका क्रमशः बाहिरिरहेको छ । उसले चीनको उदय स्वीकार्न सकेको छैन । उसले सो क्षेत्रका देशले उनीहरूका सबभन्दा ठूलो व्यापार साझेदार चीनसँग आफूले जस्तै भूराजनीतिक प्राथमिकता दिइरहेको सोचेको छ । वाशिङ्टनले ती देशहरूलाई आफ्ना हितलाई भन्दा संरा अमेरिकी हितलाई माथि राख्न आग्रह गरिरहेको छ । संरा अमेरिकाको झण्डालाई दिलोज्यानले सहयोग गरोस् भन्ने चाहना पालेको छ ।
यसो सोच्नु र चाहना राख्नु एसियाली देशहरूको विवेक र स्वाभिमानको अपमान हो । यसप्रकार हिन्द प्रशान्त रणनीति अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा समयान्तरमा एउटा लज्जाजनक कथाको रूपमा अङ्कित हुनेछ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः बिकेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *