भर्खरै :

रामहरि जोशीको ‘अँध्यारोबाट उज्यालोतिर’ हेर्दा

प्रधान
सर्लाहीका रामहरि जोशी उज्यालै व्यक्तित्व हुनुहुन्छ, प्रजातान्त्रिक आन्दोलनमा । उहाँको ‘मनका कुरा’ नेपाली काङ्गे्रसका हरेक इमानदार र सरल कार्यकर्ताका ‘मनमा कुरा’ हुन् । तर, राजनीति सरल रेखा होइन, न त शासन सत्ताबाट फालिएका शासकहरू नै आँनो हार स्वीकार गरेर मनैदेखि आत्म–समर्पण गर्ने हुन्, न त नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने भारतीय एकाधिकार पुँजी नै निःस्वार्थी हुन् । अमेरिकी स्वतन्त्रता आन्दोलनमा फ्रान्सेली सरकार र क्रान्तिकारीहरूले पनि सहयोग गरेका थिए किनभने बेलायती साम्राज्यवाद फ्रान्सेली साम्राज्यका शत्रु थियो । राजनीतिलाई भौतिकवादी व्याख्या आवश्यक छ ।
रामहरि जोशीजी यसकारण मनका कुरा भन्नुहुन्छ, “दिल्ली सम्झौतापछि हाम्रो आन्तरिक मामलामा भारतीय हस्तक्षेपको तीतो अनुभव हामीले भोगिसकेका थियौँ । … पाँच–छ सालसम्म भारतमा शरण लिँदाको ऋण हामीले कहिले सन् १९५० को अपमान र असमान सन्धि त कहिले कोसी सम्झौताबाट चुकाउनुप¥यो भने अब फेरि त्यही गल्ती किन दोहो¥याउने ?”
रामहरि जोशीजीको सरलता एकातिर छ भने ने. का. को नेतृत्व भारतीय एकाधिकारकै बुद्धि र बलमा टिकेको थियो । ब्रिटिश इन्डियाको अपुताली ‘स्वतन्त्र भारत’ ले अङ्गीकार गरेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको निम्ति सुवर्ण शमशेरको रकममध्ये कति भाग राणाजीकै र कति भाग भारतीय गुप्तचर विभाग ‘रअ’ को हो भन्ने कुरा रामचन्द्र पौडेलजस्ता ने.का.का नेतालाई के थाहा !
‘पार्टी कार्यकर्ताको मूल्याङ्कन’ नहुनु, ‘तल्लो वर्ग’ लाई नहेर्नु, ‘फटाहा’, ‘धूर्त’, ‘छट्टू’ र ‘खुँखार’ लाई अगाडि ल्याउनु तथा ‘पार्टीमा त छलकपट र जालझेल’ मात्र हुनु हरेक सामन्ती र पुँजीवादी पार्टीमा स्वाभाविक हो, किनभने नेपाली काङ्ग्रेस पनि एक पुँजीवादी पार्टी नै हो । तल्लो वर्गलाई अगाडि ल्याउने काम साँचो सर्वहारा वर्गको उद्देश्य हो । आजको नेकपा (एमाले ं एमाओवादी) पनि ने.कां.जस्तै पुँजीवादी पार्टी हो । त्यसैले त्यहाँ पनि रामहरि जोशीजस्ता इमानदार व्यक्तिको ‘मनको कुरा’ एउटै हो । डा. माझीहरूको पार्टीमा पनि तल्लो वर्गका इमानदार, सरल कार्यकर्ता र नेताहरूको एउटै गुनासो हो । डा.माझी र मानन्धरका कार्यकर्ताहरू आज कति साम्प्रदायिक, क्षेत्रीय, जातीय र प्रतिक्रियावादी दलका मन्त्री भए र कति मरे ।
सुशील कोइराला ‘शुद्ध नेता’ हुन् तर उहाँको राम्रो उपचार र पोस्टमार्टमसमेत भएन । सामन्ती र पुँजीवादी नेताहरू प्रस्ट भन्छन्, “हामी फकिर हुन राजनीति गर्न आएका होइनौँ ।”
सत्य त्यहीँ हो, उनी सत्तामोहकै निम्ति आएका थिए र हुन् । ‘सत्यवादी’ राम्रो गुण हो । ‘हार मञ्जुर छ, पैसाले भोट किन्न’ मञ्जुर छैन । रामहरि जोशीजीको यो आदर्श र त्यो अडान अत्यन्त सही हो तर त्यो आदर्श र अडान ने.का., एमाले, एमाओवादी, राप्रपा, मधेसवादी दल आदिमा लागू हुन्न ।
हो त, ‘किसुनजी’ (कृष्णप्रसाद भट्टराई) ‘एकदम चाणक्य । एकदम चलाख, धूर्त … ।’ रामहरिजीलाई ‘फटाहागिरी’ कहिल्यै मन परेन । त्यसैले उहाँ पनि गणेशमानजी जस्तै जीवनको अन्तिम दिनमा आँना ‘मनका कुरा’ बताएर भविष्यको नेपाल र राजनैतिक कार्यकर्ताहरूलाई शिक्षित गर्दै जानुभयो ।
ने.का.लाई साँच्चै प्रजातन्त्रवादी र देशभक्त पार्टी सम्झने अरु पनि ज्येष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले पनि समयमै आँनो ‘मनका कुरा’ बाट नयाँ पुस्तालाई शिक्षित गर्नुभएन भने पश्चाताको तीतो सुस्केरासँगै आफूहरूले अन्तिम बिदा लिनुपर्ने छ, समयमै साँचो बोल्ने कर्तव्य पूरा नगरेकोमा !
सर्लाहीमा आँनो घर जलाइदिएपछि जोशीजीले जिस्किएर भन्नुभयो, “मेरो घर त तिमीहरूले जलाइदियौ ! अब कहाँ बस्नु ?” तर, जोशीजी भन्नुहुन्थ्यो होला थाहा पाउनुभएको भए, ‘तराईका साथीहरूले मेरो घरमा आगो लगाएको होइन, राजमार्गको दक्षिणका सबै क्षेत्रमा पहाडीलाई लखेट्ने त्यसबेलाको भारतीय विस्तारवादको रणनीति थियो । त्यसैले मेरो घरमा आगो लगाएको हो । एक जना भारतीय राजदूतले आँनो ‘नेपाल र भारत’ भन्ने पुस्तकमा प्रस्ट भाषामा लेखेका छन्, ‘नेवारहरू जातीयरूपले नै भारतविरोधी हुन् ।’ तर, उक्त महामहिमलाई थाहा भएन, नेपालका माथिल्ला वर्ग सबै भारतबाटै प्राचीनकालमा नेपाल गएका हुन् ।
पुस्तक अत्यन्त पढ्नलायक, बुझ्नलायक र ज्ञानबद्र्धक छ । छपाइ, आकार–प्रकार र अघिल्लो पाता अत्यन्त सुन्दर छ । सम्पादक कुसुम भट्टराई र प्रकाशक ‘घोस्ट राइटिङ नेपाल प्रा.लि. धन्यवादका पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *