भर्खरै :

भनपाद्वारा कमलविनायकमा सरसफाइ कार्यक्रम

भक्तपुर, १ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा पाक्षिक सरसफाइअन्तर्गत आइतबार भनपा–१० स्थित १० नं. वडा कार्यालय परिसर र गोँगपुखु परिसरमा सरसफाइ कार्यक्रम भयो ।
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरसफाइ कार्यक्रम हाम्रो ठाउँ हामी आपैmँले सफा गर्नुपर्छ भन्ने भावना विकास गर्नको लागि आयोजना गरिएको बताउँदै भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४–८ गतेसम्म भक्तपुर महोत्सव हुने जानकारी गराउनुभयो ।
उहाँले नगरपालिका साझा संस्था भएको र सरसफाइ हामी सबैको साझा जिम्मेवारी भएको हुँदा पाक्षिकरूपमा सरसफाइ कार्य गरिरहनुपर्ने बताउँदै मंसिर १४ गते हुन लागेको भक्तपुरको प्रदेश निर्वाचन क्षेत्र १ (क) को उपनिर्वाचनमा सबै मतदाताहरूले आ–आप्mनो अमूल्य मत सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यांैमिखाले सरसफाइलाई हरेक वडावासीले निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्दै यस कार्यमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, अगुवा कार्यकर्ता, विभिन्न सङ्घसंस्था, विद्यालयलगायत समाजसेवीहरूको साथ र सहयोगको अपेक्षा राख्नुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलक, वडा नं. १० का वडा सदस्य जितेन्द्र मुनंकर्मी र वडा सचिव गोविन्दराम थुसाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *