के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, १ मंसिर । नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
स्वास्थ्य शिविरमा आयोजित कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले ७१ भन्दा बढी ठाउँमा भारतीय विस्तारवादले नेपाली भूमि कब्जा गरेको चर्चा गर्दै कालापानी र लिपुलेकमात्रै होइन नामी, गुन्जी कुटी गाउँ, लिम्पियाधुरा नेपालकै भूभाग रहेको प्रस्ट पार्नुभयो । भारतीय अतिक्रमणविरुद्ध नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवाल र शिव सितिखू र धन त्यातले पनि बोल्नुभएको थियो । स्वास्थ्य शिविरमा १६० जनाको सुगर र रक्तचाप परीक्षण गरिएको थियो ।
Leave a Reply