भर्खरै :

नीरज लवजूलाई मत किन ?

१) विश्व सम्पदाभित्रको चाँगुनारायण मन्दिर रहेको डाँडा र बस्तीसमेतलाई जोखिममा पार्ने गरी बालुवा उत्खनन रोक्न यस क्षेत्रको सम्पदा संरक्षण गरी पर्यटन उद्योगको विकास गर्न,
२) नगरकोटको प्राकृतिक सौन्दर्यलाई संरक्षण गरी पर्यटन उद्योगलाई प्रवद्र्धन र विकास गर्न, अतिक्रमित वनजङ्गल सुरक्षित गराउन जलाधार क्षेत्रको रुपमा विकास गरी वातावरण सुधार र खानेपानीको स्रोत बढाउन,
३) ६ वर्षदेखि अलपत्र रहेको भक्तपुर–नगरकोट सडक निर्माणका खराब ठेकेदार र भ्रष्ट सरकारी अधिकारीहरूलाई कारबाई गराई सडक निर्माण अविलम्ब सम्पन्न गराउन,
४) काठमाडौँ उपत्यकालगायत प्रदेशभित्रका मुख्य मुख्य सहरहरूको सन्तुलित विकास गरी जनताले हाल भोगिरहेका सडक जाम समाधान र प्रदूषण तथा फोहरमैला व्यवस्थित गराउन,
५) अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने उपयुक्त ठाउँ भक्तपुरमा छैन । रङ्गशाला भक्तपुरमा बनाउने चर्चा चलाइएलगत्तै पीडित जनता आन्दोलनरत छन् । यो रङ्गशाला भक्तपुरमा बनाइए ५० हजार जनता विस्थापित हुने, जग्गा कारोबारको नाममा अपराध गर्ने भूमाफियाहरूको स्वार्थमा हजारौँ रोपनी खेतीयोग्य जमिन विनास हुनेछ र त्यसभित्र जातीय दमन गर्ने षड्यन्त्रसमेत लुकेकोलाई विरोध गर्न तथा विकासको नाममा काठमाडौँ उपत्यकामा मात्र बजेट सीमित नगराई अन्तर्राष्ट्रियस्तरको रङ्गशाला मकवानपुर वा पर्सा वा बारामा बनाउन उपयुक्त हुने विषयमा जोड दिन,
६) ऐतिहासिक भक्तपुर–नाला सडकलाई स्तरोन्नति गराउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *