ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, २ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा श्री पद्म माविको ९६ औँ तथा पद्म कलेजको १० औँ वार्षिकोत्सवको उपलक्ष्यमा सातौँ पद्म कप जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन सोमबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले खेलकुद स्वस्थ जीवनको लागि अपरिहार्य भएको बताउँदै नागरिक स्वस्थ र शिक्षित भए समाज सभ्य र सुसंस्कृत हुने बताउनुभयो । नगरपालिकाद्वारा आयोजना हुने विद्यालयस्तरीय प्रतियोगिताहरूमा भक्तपुरका ९२ वटै स्कूललाई सहभागी गराउने सोचका साथ अगाडि बढिरहेको बताउनुभयो ।
नगरपालिकाले विभिन्न खेलको नियमित प्रशिक्षण गरिरहेको, राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न खेलाडी सम्मान र नगरका सबै वडामा व्यायामशाला स्थापना गरिसकेको उहाँले बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित घरदैलो नर्सिङ्ग अभियानबाट भक्तपुरमा नसर्ने रोगको जोखिम बढेको तथ्य पत्ता लागेको बताउँदै उहाँले स्थानीयरूपमा खेलिने खेलहरूको अनुसन्धान गरी नपाले आयोजना गरेको प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।
आपूmले हासिल गरेको विशेषज्ञता देशको निम्ति प्रयोग गर्न प्रेरित गर्दै उहाँले भारतीय विस्तारवादले देशको सिमाना मिचेर देशको सार्वभौमिकता नै खतरामा पारेको हुँदा सम्पूर्ण नेपालीले भारतीय विस्तारवादको विरोध गर्नु आजको मुख्य विषय बनेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका सदस्य राजकृष्ण गोराले विद्यार्थीमा अध्ययनका साथै अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा संलग्न हुँदा अनुशासन र मित्रता कायम रहने बताउनुभयो । उहाँले भारतीय विस्तारवादी नीतिका कारण देशको सार्वभौमिकता सङ्कटमा परेको अवस्थामा विद्यार्थीहरूलाई देशको सार्वभौमिकता रक्षा गर्न प्रतिबद्ध र सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै कलेजले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न गरिरहेको प्रतियोगिता स¥हानीय रहेको बताउनुभयो ।
भनपाले खेलाडीहरूलई उत्साहित गर्दै लान र अनुशासित खेलाडी तयार गर्न अन्तरनगर खेलकुद प्रतियोगिताको आयोजना भएको बताउँदै मंसिर ७ गते अपाङ्गता भएका व्यक्तिको लागि अपाङ्गमैत्री खेल प्रतियोगिता आयोजना गर्न लागिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्रि गौतमप्रसाद लासीवाले शिक्षा र खेलकुदको सम्बन्ध प्रगाढ भएको बताउँदै सम्पूर्ण खेल स्वस्थ, अनुशासित, मित्रता र देशको सार्वभौमिकता प्रयोग हुने ढङ्गले खेलिनु आवश्यक भएको बताउनुभयो । उहाँले खेलाडीहरूलाई देशको सार्वभौमिकता रक्षा गर्न तयारी अवस्थामा रहन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, भक्तपुरका खेमराज पोखरेलले शिक्षण सिकाइको अभिन्न पाटोको रुपमा रहेको खेलकुदको आयोजना सराहनीय कार्य भएको बताउँदै विद्यार्थीको शारीरिक र मानसिक विकास गर्न विद्यालयले भूमिका खेलिरहनेमा विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष पुष्कर बुढाथोकीले नेपालको शिक्षा नीति कुहिरोको कागजस्तै भएको समयमा श्री पद्म माविले शिक्षा क्षेत्रमा गरिरहेको योगदान अद्वितीय रहेको बताउनुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य विनोदचरण रायले भलिबल प्रतियोगिताको औचित्यबारे प्रस्तुत गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी पद्म माविका प्राचार्य राम हाडाले विद्यालयले पाठ्क्रयमको आधारमा प्रयोगात्मक शिक्षामा जोड दिंदै विज्ञान तथा इन्जिनियरिङ्ग प्रदर्शनीमा जोड दिँदै आएको बताउनुभयो ।
प्रमुख अतिथि प्रजापतिले पद्म कप टुर्नामेन्टका रेफ्रि सत्यराम न्हिसुतुलाई बल हस्तान्तरण गर्नुभयो भने रेफ्रिको तर्पmबाट सुजन बासी, प्रशिक्षकको तर्पmबाट मणि तामाङ र खेलाडीको तर्पmबाट प्रदीप कोलाङ्गले खेललाई अनुशासित ढङ्गले सञ्चालन गर्न सपथग्रहण गर्नुभयो । कार्यक्रममा कार्यक्रमका सभापति बाबुराजा जोशी र शिक्षक दीपक मूलले पनि बोल्नुभएको थियो ।
Leave a Reply