भर्खरै :

नेपाली आकाशमा भारतीय लडाकू विमान !

आर. आर. क्षेत्री, कैलाली
सरकारले नेपाली भूमिको रक्षा गर्ला वा गुम्नबाट बचाउला भन्ने नेपाली जनतालाई लागेको छैन । हैन भने कुनै पनि स्वतन्त्र र सार्वभौम देशको भूमिमा थिचोमिचो र अतिक्रमण किन ? यो सरकार दलाल सरकार हो । दलाली भागले अगाडि बढेको छ । हामी आफ्नो खेतबारीको साँध र सीमामा छिमेकीले मिच्यो भने झगडा गर्छौं । सहन सक्दैनौँ र तत्काल उचित समाधान गर्दछौँ । यो सरकारले आफ्नो अतिक्रमित भूमि हेरिरहने मात्र हो कि तत्काल उचित तवरबाट समाधान खोज्ने ? नेपाली देशभक्त जनताको प्रश्न छ ।
नेपालमा घर भारतमा खेत, भारतमा घर नेपालमा खेत परिरहेका छन् । गुगल म्यापअनुसार अहिले नेपालको १८ सय ठाउँमा भूमि भारत पारिएको छ । यो गुगल म्याप कसले तयार पारेको ? आफूखुसी गुगल म्याप बनाउन पाइन्छ ? यतातिर देशभक्त नेपालीको ध्यान गएको छ सरकारलाई सीमा नियम र नेपाली भूमि अतिक्रमण रोकी १ इन्च भूमि गुम्नु हँुदैन भन्ने नेपालीको भावना हो ।
देश रह्यो भने हामी नेपाली रहौँला नत्र हामी नेपाली छैनौँ र नेपाल रहने छैन । सीमा क्षेत्रका जनताले आफ्नो नामको दर्ता जग्गा भोगचलन गर्न पाएका छैनन् । आफ्नो सिमाना दशगजामा तारबार गर्न पाएका छैनन् । बाटो कल्भर्ट निर्माण गर्न पाएका छैनन् । यो भारतीय दादागिरी कहिलेसम्म ?
गत कार्तिक २५ गते साँझ साढे ६ देखि ७ बजेको समयमा अछाम जिल्लाको साँफेबजारको आकाशमा पूर्व–उत्तरतिर ३०–२५ वटा भारतीय लडाकू विमान उडेको देखियो र सुनियो । यतातिर सरकारको कुनै ध्यान गएको छैन । यो कुरा त्यहाँका जनताले प्रत्यक्ष देखेका छन् । यस्ता कुराको हामीले विरोध गर्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *