मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भ्रष्टाचार, कमिसन र अनियमिततामा नेपाल बदनाम भएको छ । अन्तर्राष्ट्रिय समुदायमा नेपाल भ्रष्टाचार धेरै हुने देशको सूचीमा पर्छ । भ्रष्टाचारमा बदनाम सत्तारूढ दलको कारण भएको हो । दलका नेता, मन्त्री र सांसदहरू विकासको योजनामा अनियमितता गर्छन् । कति सांसदहरू विकासको योजना ल्याउँछन् र त्यसैमा कमिसन खाएर विकासको ध्वाङ फुक्छन् । सत्तारूढ दलका नेता, मन्त्री र सांसदहरू भ्रष्टाचारको विरोध गर्दै भ्रष्टाचार गर्छन् । कार्यालयमा भइरहेको ढिलासुस्ती र अनियमिततामा सत्तारूढ दल र ठूला दलका नेता, सांसदहरू फसेका छन् । तिनीहरू भ्रष्टाचारको विरोध गर्दै भ्रष्टाचारमा रमाइरहेका हुन्छन् । घूस खाने, अनियमितता गर्ने र ढिलासुस्सती गर्नेमा पनि सत्तारूढ दल र ठूला दलका सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू नै पर्छन् ।
भ्रष्टाचार हुन नदिन, अनियमितता र घूस रोक्न नेमकिपाका नेता तथा कार्यकर्ताहरूको खाँचो छ । नेमकिपा जहाँ पुगे पनि जहिले पनि भ्रष्टाचारको विरोध गर्छ । भ्रष्टाचार अनियमितता नगर्न प्रशिक्षित गर्छ । नेमकिपाले भ्रष्टाचारको विरोधमात्र होइन भ्रष्टाचारीहरूमाथि कारबाही गरिएको इतिहास छ । ठूलो र सत्तारूढ दलका नेता, मन्त्री र सांसदहरू भ्रष्टाचार गरे पनि मतलब राख्दैनन्, भ्रष्टाचार गर्नुहुँदैन भनी आफ्ना कार्यकर्तालाई प्रशिक्षित गर्दैनन् । विकासको नाउँमा हुने भ्रष्टाचार रोक्न संसद्, प्रदेशसभा र स्थानीय निकाय नेमकिपाका जनप्रतिनिधिहरू हुनु आवश्यक छ । प्रदेशसभाको उक्त निर्वाचनमा नेमकिपाका प्रतिनिधिको खाँचो छ ।
भक्तपुरको निर्वाचन क्षेत्र १ को (क) मा नेका र नेकपाका उम्मेदवारले पनि आफूलाई जिताउन आग्रह गरिरहेका छन् । तर, ती उम्मेदवारहरू भ्रष्टाचारविरूद्ध लड्दैनन् । अनियमितता, घूस र ढिलासुस्तीविरूद्ध लड्दैनन् । उनीहरू ठूला र सत्ताको मातमा चढेर विकासको ध्वाङ त फुक्छन् तर विकासमा जुट्दैनन । सरकारको धाक देखाएर उनीहरू विकास कुना कन्दरामा पु¥याउने वाचा गर्दै जनताको मत लिने होडमा छन् । नेमकिपा यो र त्यो ल्याउने भनी आश्वासन बाँड्दैन । दलको सिद्धान्त र विचारअनुसार राजनीति गर्छन् । जनतालाई सिद्धान्तनिष्ठ बनाएर सचेत पार्ने काममा नेमकिपा जुटेको छ । देशमा परिवर्तन ल्याउन जनता राजनीतिकरूपले प्रशिक्षित, सुसूचित र स·ठित हुनुपर्छ । जनताको सांस्कृतिक स्तर र नागरिक भावना उठाउनुपर्छ । अनिमात्र भ्रष्टाचार र अनियमितता कम हुन्छ । यसले विकासमा टेवा पु¥याउँछ र समाज परिवर्तनमा सहयोग पुग्छ । दलले नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण नदिँदा, उदाहरणीय नागरिक बनेर देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना नजगाउँदा राजनीति पद र पैसाको निम्ति हो भन्ने मनस्थितिको विकास हुन्छ । नेमकिपा पद र पैसाको राजनीति गर्दैन । अतः प्रदेशसभामा नेमकिपाको प्रतिनिधिको खाँचो छ ।
Leave a Reply