के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
– खेमराज दाहाल
मित्रहरू ¤ तिमीहरूले भारतीय विस्तारवाद मुर्दावाद, भारतीय सेना कालापानी छोड, अतिक्रमित भूमि फिर्ता गर । सिङ्गो सुस्ता गाविस नेपालको हो जस्ता नारा लगाउँदा म जम्मा १३ वर्षको फुच्चे थिएँ । तिम्रो पार्टी सरकारमा पटक–पटक जाने तर तिम्रो पार्टी बोल्न डराउने । दूतावासमा गएर तलब बुझ्ने आज तिमीहरू विद्यार्थी सङ्गठनको नाममा सडकमा आएर दुई दिन भारतीय विस्तारवाद मुर्दावाद भन्दैमा भारतले दया माया गरे के नेपाली भूमि लैजाउ भन्छ ?
चीन–भारत युद्ध हुँदै गर्दा कालापानीलगायत नेपालको १८ ठाउँमा बीपी कोइरालाले २०१८ मा भारतीय सेना राख्न भारतसँग सम्झौता गरेका थिए । बीपी कोइराला काङ्ग्रेस हैनन् ? काङ्ग्रेस अहिलेसम्म कति पटक सरकारमा गयो ? अनि कम्युनिस्टको नाममा कलड्ढ एमाले २०५१ पछि कति पटक सरकारमा गयो ? पालैपालो सरकारमा जानेहरू सरकारमा गएको बेला मुखमा दही जमाएर बस्ने ? इलामको पशुपति नगरदेखि दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्म ७१ भन्दा बढी ठाउँमा सिमाना मिच्दा तिम्रो आँखामा पट्टी बाधेका थियौ । काङ्ग्रेसले गल्ती गर्यो । काङ्ग्रेस गतिलो पार्टी, काम गरी खाने किसान, मजदुर र गरिबहरूको पार्टी र जनताको लागि काम गर्ने पार्टी भएको भए देश बनिसक्यो कि ¤ पटक–पटक सरकारमा जाने तर सिन्को नभाच्ने ? गण्डक, टनकपुर र कोसी नदीमाथि बाँध तथा तटबन्ध बनाउन काङ्ग्रेस सरकारका नेताहरूले सम्झौता गरेका हुन् । महाकाली सन्धि गर्दा केपी ओलीले भनेका थिए, अब सूर्य पश्चिमबाट उदाउँछ, मतलब महाकाली सन्धिले देश झिलिमिली हुन्छ । कुराले राष्ट्रवादी भएर हुन्छ ? चुनावमा भोट पाउन, चुनाव जित्न खोक्रो राष्ट्रवादी नारा लगाएर हुन्छ ? सपना पानीजहाज, रेल र पाइपबाट ग्यास दिए हुन्छ ? जनताका सामान्य दैनिकी जीवन स्तर परिवर्तन हुने काम नगरेपछि । ट्रलीबस बेचेर रेल ल्याउने, सिलिन्डर सबैको घर–घरमा पु¥याउन नसक्या नकच्चरो सरकारले पाइपबाट पु¥याउने हैन त ?
माओवादीहरूबाट देशलाई फाइदा हुने कुनै काम हुन्छ भन्ने कल्पना गरियो भने कि देश जम्बु काश्मीर हुन्छ कि सिक्किम । काङ्ग्रेसले गल्ती गर्यो सबलाई थाहा छ । अनि एमालेले के चाहिँ गतिलो काम गरेको छ ? प्रचण्डलाई सम्पत्ति कमाउने इच्छा थियो भने व्यापार गरेको भए हुन्थ्यो ? आज प्रचण्डको सम्पत्ति कति छ ? सर्वहारा नेता जसले काम गरिखाने जनताका लागि भनेर युद्ध गर्यो त्यसकै आज ठूलो सम्पत्ति ? रोल्पाको सुरु· कति खनियो भारतसँग युद्ध गर्नलाई ? कम्युनिस्टको नाममा कमाइखाने भाँडो नेकपा बनेर केही हुनेवाला छैन । कम्युनिस्ट भन्ने हँसिया हथौडाको झन्डालाई व्यापारिक ट्रेडमार्क बनाउने कस्तो प्रकारको कम्युनिस्ट हौ तिमीहरू ? हिजो काङ्ग्रेसले चालीस वटा उद्योग निजीकरण गर्यौ । आफ्नै दुईतिहाइको सरकार एमाले–माओवादीले कति वटा उद्योग कलकारखाना राष्ट्रियकरण गर्यौ ? राष्ट्रियकरण भनेको विराटनगर जुट मिलको सरकारको ६७५ शेयरलाई ३३५ झार्ने हो ? जुट मिलकै इँटा पनि बेच्न नछाड्ने । यही हो त तिम्रो राष्ट्रियकरण ? काम गरिखाने जनतालाई कर थोपर्ने अनि पुँजीपतिहरूलाई कर छुट गर्ने यही हो तिम्रो समाजवाद ? ल्अभिि लाई खर्बौँ रकम कर मिनाहा गर्ने यही हो तिम्रो आर्थिक समृद्धि ? बलात्कारपछि हत्या भएकी निर्मलालाई न्याय दिएको खोइ ?
Leave a Reply