तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा आइतबार चाँगुनारायण नगरपालिकाको तेलकोटमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले सत्तासीन नेकपाका नेताहरूले भक्तपुरको चुनाव प्रचारमा आफ्ना उम्मेदवार जिते मन्त्री बनाउने र रू. २ करोडको बजेट सङ्घीय सरकारले पठाउने निर्णय गरेको बताउनु निर्वाचन आचारसंहिताको उल्लङ्घन हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशसभा सदस्यको जिम्मेवारी प्रदेशसभाको नीति तथा कार्यक्रम र ऐन बनाउने हो । प्रदेशभित्र शिक्षा र स्वास्थ्य निःशुल्क गर्न र रोजगारीको बन्दोबस्त गर्न आवाज उठाउने हो । तर शासक पार्टीका सभासद्हरुले गर्न सकेका छैनन् ।”
माओवादी नेता दाहालले नेपाललाई सिङ्गापुर र स्विजरलैन्ड होइन सिक्किम बनाएर देशको सार्वभौमिकता नै भारतलाई सुम्पने खतरा रहेको चर्चा गर्दै सचिव सुवालले माओवादी सशस्त्र द्वन्द्व भारतकै सहयोगमा भएको धेरै प्रमाणले प्रमाणित गर्छ भन्नुभयो ।
“नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत भारतले गाभेर नयाँ नक्सा तयार गरे पनि ओली सरकारले विरोध गर्न नसक्नुको कारण पुष्पकमल दाहाल नै हो । माओवादी भारतीय ट्रोजर्न हर्स हो । सशस्त्र द्वन्द्वको बेला लुटपाट र हत्या–हिंसा गरेको माओवादी हो । माओवादीकै कारण नेपालमा भारतीय हस्तक्षेप बढेको हो । नेकपाको आवरणमा आएको माओवादीलाई जनताले चिन्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “नेकपाको सरकारले झूटको खेती गरिरहेको छ । ओली–दाहालको ‘नयाँ पञ्चायत’ धेरै टिक्नेवाला छैन । निर्वाचनमा अराजनीतिक शैली अपनाउने नेकपा र काङ्ग्रेसलाई हराउनैपर्छ ।”
सङ्घीयता र विकेन्द्रीकरणको मर्मविपरीत ओली–दाहालको सरकारले अधिकार सबै आफ्नै गोजीमा राखेको छ । झूट बोलेर सात पुस्तालाई पुग्ने गरी अकुत सम्पत्ति कमाउने पार्टी नेकपा र नेपाली काङ्ग्रेस नै हुन्, केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले देशलाई निल्न खोज्ने भारतीय विस्तारवादलाई चुनौती दिन नेमकिपाका उम्मेदवारलाई जिताउनुपर्छ भन्नुभयो ।
युवाहरूलाई बेच्ने र दलाली गर्ने पार्टीहरूलाई चुनावमा हराएर सजाय दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश जोगाउन मादलमा भोट दिन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैँजूले देशमा सङ्घीयता बाँदरको हातमा नरिवलजस्तै भइरहेको चर्चा गर्नुभयो ।
नेकपाले समाजवादको कुरा गरेर पुँजीवादलाई प्रश्रय दिई पाखण्डपना प्रस्तुत गरिरहेको छ, उहाँले भन्नुभयो ।
नेपाली काङ्ग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको यथार्थ जानकारी दिँदै केन्द्रीय सदस्य सैंजूले भन्नुभयो, “नगरकोटको बाटो ७ वर्षसम्ममा बन्न नसक्नु समृद्ध नेपालको लागि व्यङ्ग्य हो ।”
सभामा नेमकिपाका उम्मेदवार नीरज लवजूले ओली–दाहाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा जनतालाई
झुक्याउनमात्र चर्चामा ल्याइरहेको बताउनुभयो ।
समृद्धिको नारा लगाउने ओली सरकारले समयमा काम गर्न नसक्ने शारदाप्रसाद अधिकारीलगायतका ठेकेदारलाई कारबाही गर्न नसकेको हुँदा यो सरकार भ्रष्ट ठेकेदारहरूको सरकार हो । जनतालाई अविवेकी, मूर्ख ठान्ने पार्टीलाई बहिष्कार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
मादल चिह्नमा मतदान गरी नेमकिपाका उम्मेदवारलाई जिताउन आग्रह गर्दै उम्मेदवार लवजूले आफू जनताको सिपाहीँ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा नेमकिपाका भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुेछभक्त फोजू, मिनबहादुर बाटा र कुमार थिङले पनि बोल्नुभएको थियो ।
Leave a Reply