भर्खरै :

सीमा बचाउ अभियानद्वारा नेपालको वास्तविक नक्सा सार्वजनिक

काठमाडाँै, ८ मंसिर, । सीमा बचाउ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।
अभियानको नक्सा समितिले आइतबार काठमाडौैँमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।
अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकोले यसलाई अन्तर्राष्ट्रियकरण गरिने बताइएको छ ।
कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाउ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताउनुभयो । अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *