विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
भक्तपुर, ११ मंसिर । भक्तपुरको प्रदेश नं. १ ‘क’ को निर्वाचन मंसिर १४ गते हुँदैछ । बुधबार रातिसम्म मात्रै निर्वाचनको प्रचार गर्ने समय हो । निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार अब कुनै दल या उम्मेदवारले चुनावी प्रचारसभा राख्न पाउँदैन । राजनीतिक दलको सिद्धान्त, विचार र दर्शनको आधारमा उम्मेदवार चयन गर्ने जिम्मा अब मतदाताको हातमा छ । कुनै दलको लोभलालचमा नफसेर, पैसामा नबिकेर, कसैको दबाब र प्रलोभनमा नभुली मतदाताले मतदान गर्नुपर्छ । निर्वाचनमा देश र जनताप्रति समर्पित या देश र जनताको सेवा गर्ने दलका उम्मेदवारलाई छान्नुपर्छ । झूटा आश्वासन दिने, लोभ देखाउने उम्मेदवारीलाई हराउने समय हो यो निर्वाचन । भ्रष्टाचारी, कमिसनखोर, पद र पैसाको निम्ति राजनीति गर्ने दलका उम्मेदवारलाई जनताले निर्वाचित गर्नुहुँदैन ।
देश र जनताको सेवा गर्न राजनीतिक दल खोलेका हुन्छन् । हालका उम्मेदवारहरू राजनीतिक दलका प्रतिनिधि हुन् । कसैको लहैलहै र दबाबमा मतदान नगरिकन योग्य, विश्वासिलो, स्वच्छ छविको उम्मेदवारलाई जिताउने मतदाताको दायित्व हो । मतदाताको आफ्नो अमूल्य भोट जो कोहीलाई दिएर खेर फाल्नुहुँदैन । गलत व्यक्तिलाई मतदान गरेर पछि पछुताउनुपर्ने काम कुनै पनि मतदाताले गर्नु हुँदैन । आफूले निर्वाचित गर्ने उम्मेदवारले भोलि देश र जनताको निम्ति के गर्छ के गर्दैन, मतदाताले ध्यान पु¥याउनुपर्छ । निर्वाचनमा जितेर सीमा अतिक्रमणको विरोध गर्दैन, मधेसी दल या भारतको दबाबमा परेर एक मधेस एक प्रदेशको लागि संविधान बनाउन अघि बढ्ने खालका उम्मेदवारदेखि मतदाता सतर्क हुनुपर्छ ।
जनताको इच्छा र चाहना मुलुकको विकास हो, जनताको जीवनस्तर उठाउनु हो । युवाहरू विदेश पठाएर, सरकारी उद्योग, कलकारखाना तथा संस्थानहरू निजीकरण गरेर व्यक्ति पोस्ने दलका उम्मेदवारलाई हामीले कदापि छान्नु हुँदैन ।
कालाबजारी, कमिसनखोर, ठेकेदार, भ्रष्टाचार, गुण्डालाई काखी च्यापेर सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा हुनेछैन । हो, निर्वाचन वर्गसङ्घर्षको लडाइँ हो । यसबेला देशभक्त दल र देशघाती दलका उम्मेदवारलाई चिन्नुपर्छ । कामदार जनताका प्रतिनिधि को हुन् थाहा पाउनुपर्छ । जनपक्षीय राजनीति गर्ने दलका उम्मेदवारलाई छान्नुपर्छ । देशभक्त दलका उम्मेदवारलाई जिताउन नसके देशको प्रजातन्त्र, स्वाधीनता र सार्वभौमिकतामा असर पर्छ । देशलाई राजनीतिक सड्ढट आइपर्दा बोल्ने, सङ्घर्ष गर्ने दल र दलका उम्मेदवारहरू देशको आवश्यकता हो । देशको नेतृत्व र रक्षा स्वाभिमानी र देशभक्त नागरिकले मात्र गर्नसक्छ । स्वच्छ या निष्कलड्ढ दलका उम्मेदवारहरू नै देशका सेवक र रक्षक हुन् ।
विदेशी नागरिक भित्याएर नेपालमा नेपालीलाई अल्पमत बनाउने, बनाउन लागिपर्ने दल र दलका नेताहरूलाई जनताले चिन्नैपर्छ । देशको लागि ठग, भ्रष्टाचारी, कमिसनखोर होइन सच्चा, इमानदार, देशभक्त नागरिक चाहिन्छ ।
चुनावको बेला पैसा बाँड्ने र जितेपछि लुट्ने उम्मेदवार चाहिएको छैन । देशलाई सधैँ परनिर्भर बनाएर अरु शक्तिशाली राष्ट्रको उठबसमा चल्ने दल र सांसद देशलाई खाँचो छैन । पैसामा बिक्ने व्यक्ति असल नागरिकको परिचय होइन । अतः यो बेला देश र जनताको दुःख बुझ्ने उम्मेदवार चाहिन्छ, त्यस्ता सांसद हामीले चयन गर्नुपर्छ ।
Leave a Reply